२०८२ माघ २७, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दक्षिण कोरियामा नेपाली कामदारलाई आत्महत्या गर्न बाध्य पारेकाे आराेपमा मालिक पक्राउ

गण्डकी प्रेस
बैशाख १७, २०८२ १२:४२ मा प्रकाशित
अन्तराष्ट्रिय, प्रमुख समाचार, समाचार, समाज
दक्षिण कोरियामा नेपाली कामदारलाई आत्महत्या गर्न बाध्य पारेकाे आराेपमा मालिक पक्राउ
16
SHARES
Share on FacebookShare on Twitter

दक्षिण कोरियाको मोक्पो शहर नजिक यङआम भन्ने स्थानमा रहेको एउटा बंगुर फर्ममा कार्यरत नेपाली मजदुर, म्याग्दीका तुल्सी पुनलाई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा सोही फर्मका कोरियन मालिकलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ। अप्रिल २८ मा पक्राउ परेका उनी अहिले हिरासतमा छन् ।

फर्मका मालिकमाथि आत्महत्या दुरुत्साहन, कुटपिट, श्रम अधिकार हनन, तलब नदिई जबरजस्ती काम लगाउने जस्ता अभियोगहरू लगाइएका छन्। प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले आफ्नो फेसबुकमार्फत् पक्राउ परेका मालिक अदालतको फैसला नआउँदासम्म हिरासतमा रहने बताए । त्यसपछि फैसला अनुसार सजाय तोकिनेछ।

अनुसन्धानका क्रममा, उक्त मालिकले ९ जना प्रवासी मजदुरहरूलाई कुटपिट गरेको, तलब नदिई काममा लगाएको र करिब २५ करोड ९० लाख कोरियन वोन (झन्डै २ करोड ५० लाख नेपाली रूपैयाँ) बराबरको मजदुरी नदिएको खुलेको छ। यी तथ्य श्रम कार्यालयको अनुसन्धानबाट पुष्टि भएको बताइएको छ ।

गत फेब्रुअरीमा म्याग्दीका २८ वर्षीय तुल्सी पुनले फर्ममा लगातार हुने दुर्व्यवहार सहन नसकी आत्महत्या गरेका थिए। घटनापछि, अन्य नेपाली मजदुरहरूले साहु र उनका सहयोगीहरूको दुर्व्यवहारको गोप्य भिडियो बनाएर सार्वजनिक गरेका थिए, जसको आधारमा प्रवासी मजदुर युनियनले तत्काल कारबाहीको माग गर्दै पहल लिएको थियो।

घटना सार्वजनिक भएपछि चौतर्फी रूपमा चासो र दबाब सिर्जना भएको थियो। विभिन्न संघसंस्था, मानवअधिकारकर्मी तथा प्रवासी समुदायले सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न, पीडितलाई न्याय र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन माग गरेका थिए।

सम्बन्धित समाचार

प्रहरीको भेषमा हुन्डी कारोबारलाई छुटाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अपराध

विदेश पठाइदिन्छु भन्दै ६८ लाख बढि ठगि गर्ने पक्राउ

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र
प्रमुख समाचार

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

काठमाडौंमा राति घर फोडी चोरी गर्ने गिरोह पक्राउ

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ
प्रमुख समाचार

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को
प्रमुख समाचार

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

प्रहरीको भेषमा हुन्डी कारोबारलाई छुटाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

विदेश पठाइदिन्छु भन्दै ६८ लाख बढि ठगि गर्ने पक्राउ

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

कास्की–२ मा उम्मेदवार उत्तम पौडेलको ‘स्थानीयसँग संवाद यात्रा’ तीव्र

काठमाडौंमा राति घर फोडी चोरी गर्ने गिरोह पक्राउ

काठमाडौंमा राति घर फोडी चोरी गर्ने गिरोह पक्राउ

प्रहरीको भेषमा हुन्डी कारोबारलाई छुटाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

प्रहरीको भेषमा हुन्डी कारोबारलाई छुटाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ

एजेण्डासहितको नयाँ विकल्प हामी हौं, मतदाताले चिन्छन्ः कुशल गुरुङ

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

जनताको अपेक्षा पूरा गर्न चुनावी मैदानमा उत्रियौँ : लोकतान्त्रिक पार्टीका उम्मेदावर

जनताको अपेक्षा पूरा गर्न चुनावी मैदानमा उत्रियौँ : लोकतान्त्रिक पार्टीका उम्मेदावर

सैनिकलाई घर बनाउन २५ लाख कर्जा

फागुन २१ को निर्वाचनका लागि नेपाली सेना देशभर परिचालित

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ ः गनेस पौडेल

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ ः गनेस पौडेल

चर्चित खबरहरु

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

कास्की १ : एमाले छाडेर नेकपा प्रवेश गर्नेको लर्को

सैनिकलाई घर बनाउन २५ लाख कर्जा

फागुन २१ को निर्वाचनका लागि नेपाली सेना देशभर परिचालित

जनताको अपेक्षा पूरा गर्न चुनावी मैदानमा उत्रियौँ : लोकतान्त्रिक पार्टीका उम्मेदावर

जनताको अपेक्षा पूरा गर्न चुनावी मैदानमा उत्रियौँ : लोकतान्त्रिक पार्टीका उम्मेदावर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९ प्रकारका निषेधित सामग्री नष्ट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९ प्रकारका निषेधित सामग्री नष्ट

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

नेकपा कास्की उम्मेदवार भन्छन् ः जनताको उत्साहजनक साथ छ

नेकपा कास्की उम्मेदवार भन्छन् ः जनताको उत्साहजनक साथ छ

पोखरामा २ ठाउँमा भेटियो बर्डफ्लु, पंक्षी नष्ट गरिदै

पोखरामा २ ठाउँमा भेटियो बर्डफ्लु, पंक्षी नष्ट गरिदै

भवन पुर्न निर्माणको लागि खुत्रुके देउसीभैलो कार्याक्रम

भवन पुर्न निर्माणको लागि खुत्रुके देउसीभैलो कार्याक्रम

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL