सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएकी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाएकी छिन् ।

शिक्षामन्त्री भट्टराईको राजीनामा स्वीकृत हुन बाँकी छ । उनको राजीनामा लगत्तै अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
सम्भवतः प्रधानमन्त्री ओलीले शिक्षामन्त्रीको राजीनामाबारे मन्त्रिपरिषद्मा ब्रिफिङ गर्नेछन् ।
स्रोतका अनुसार, शिक्षामन्त्री भट्टराईले आफ्नो राजीनामापत्रमा स्वास्थ्यको कारण देखाएकी छिन् ।
शिक्षामन्त्री भट्टराई गत माघमा उनी बिरामी परेकी थिइन् । तर उपचारपछि निको भएको थियो ।
तर, शिक्षामन्त्री निकट स्रोत भने स्वास्थ्यमात्रै नभइ शिक्षक आन्दोलनका कारण परेको पछिल्लो दबाब पनि राजीनामाको कारण भएको बताउँछ ।
प्रतिक्रिया लेख्नुहोस्:-