पोखरा नवलपुर सम्पर्क समाजको नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा प्रमुख अतिथि समाजका सल्लाहकार चाेलाकान्त अाेझा , बिशेष अतिथि सल्लाहकार जानकी बास्ताकाेटी कर्ण बहादुर श्रेष्ठ , ,अतिथि गाेकुल रिमाल लगायतले लोकार्पण गरेका थिए ।
सो अवसरमा बोल्दै सँस्थाका सल्लाहकार चाेलाकान्त ओझाले पोखरालाई कर्मथलो बनाई विभिन्न पेशा व्यवसायमा आवद्ध भएकाहरु सहयोग र सद्भाव देखाउनुपर्नेमा जोड दिए । नयाँ वर्षका अवसरमा शुभकामना व्यक्त गर्दै उनले आगामी दिनमा समाजका गतिविधिलाई अझै प्रभावकारी बनाउन समेत सुझाव दिए ।
समाजका उपाध्यक्ष मणि प्रसाद डुम्रे कार्यक्रममा स्वागत मन्तव्य राख्नुका साथै संस्थाको परिचय र गतिविधिबारे प्रकाश पारेका थिए।
कार्यक्रमको अध्यक्षता गरिरहेका समाजका अध्यक्ष ईश्वर श्रेष्ठले समाज सामाजिक कार्यमा निरन्तर क्रियाशील रहेको जनाउँदै क्यालेन्डर प्रकाशनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
समाजका सचिव शिव प्रसाद न्याैपानेले कार्यक्रम सञ्चालन गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-