पोखरा बागमती प्रदेशमा यहि बैशाख १३ गतेदेखि हुने महिला राष्ट्रिय फुटबल प्रतियोगिताका लागि पोखरामा गण्डकी प्रदेशको छनोट हुने भएको छ ।

गण्डकी प्रदेश फुटबल संघले उक्त प्रतियोगिताका लागि छनोटमा आउन महिला खेलाडीहरुलाई आह्वान समेत गरेको छ । गण्डकी प्रदेशको टिम तयार गर्नका लागि ९ गते पोखरा रंगशालामा १ बजे छनोट हुने गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले जानकारी दिए । उनका अनुसार गण्डकीका जिल्ला हरुलाई समेत पत्रचार गरिसकेको छ ।
१३ गते देखि २० गतेसम्म हुने बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । उक्त प्रतियोगितामा विभागीय कल्बसहित प्रदेशका टिमहरुको समेत सहभागिता रहनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-