पोखरा । पोखरा हङ्कङ बजार व्यवस्थापन समिति र दिया मेडिकल क्लिनिक प्रालीको संयुक्त आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
उक्त शिविरमा ८२ जना पुरुष र ७९ जना महिला गरेर १ सय ६१ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।
१ सय ३४ जना पुरा र नयाँ १४ जनाको सुगर परिक्षण, ७७ जनाको थाइराई परिक्षा, १ सय ४१ जनाको मुटुको इसिजी, ५९ जनाको रक्तचापाको परिक्षण गर्दा ३६ जनालार्य औषधी वितरण गरिएको छ । दिया मेडिकm क्लिनिक प्रालीका संचालक डाक्टर ढाका कुमार श्रेष्ठले सामाजिक उत्तर दायित्तव अन्तरगत काम गरेको र यस्ता कामले समाजमा सकरात्मक परिर्वतन गर्ने जानकारी दिए ।
सामाजिक अभियान्ता विष्णु तिवारी, पोखरा हङ्कङ बजार संचालक मिलन तिवारी लगायतले स्वास्थ्यको बारेमा बोलेका थिए । पोखरा हङ्कङ बजार बजार व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठले आगामी दिनमा नि यस्तै काम गर्दै अघि बढ्ने जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्:-