राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्याङ्जाकाे आँधीखाेला गाउँपालिकाकाे पाँचाै अधिवेशन सम्पन्न भएकाे छ ।
विहीबार राप्रपाका गण्डकी प्रदेश अध्यक्ष पन्चराम गुरूङले अधिवेशनकाे उद्घाटन गरेका हुन् ।
अधिवेशनलाई सम्बाेधन गर्दै अध्यक्ष गुरूङले देशमा धेरै उथलपुथलबाट नै व्यवस्था परिवर्तन हुने बताए । देशमा संघीयता आएपछि जनताकाे दैनिकी परिवर्तन हुन्छ भन्ने आशा पूरा हुन नसकेकाे उनले बताए ।
‘देशमा च्याउ उम्रे जस्ताे पार्टी उम्रिए पनि जनतासंग चुनावकाे समयमा मात्र देश परिवर्तनकाे सपना बाँड्छन्’ उनले भने ।
गण्डकी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य गुरूङले अहिलेका नेता देश र जनता भन्दा पनि आफ्नाे जीवनशैली परिवर्तन गर्नतिर लागेकाे बताए ।
विकास पार्टीको मात्रै नभई सबैकाे साझा रहेकाे उनकाे भनाई छ ।’राजा फाले विकास हुन्छ जनताकाे अवस्था फेरिन्छ भने ठीक छ भनेर हामी माैन बस्याै’ उनले भने, ‘समर्थन गर्याै तर, खै यत्तिका वर्षमा जनताकाे अवस्था फेरिएकाे ?’

धर्मकाे नाममा विदेशी डलर ल्याएर धर्म निरपेक्षता गरिएकाे बताउदै उनले उक्त रकमबाट नेपाली नेता धनाड्य हुन थालेकाे बताए । ‘हामीले राजतन्त्र हाेईन राजसंस्था ल्याउने हाे’ उनले दाेहाेर्याए, ‘राजाकाे बेला तानाशाही थियाे भनेर भ्रम फैलाइएकाे छ । २०४७ साल अघि राजाले पनि संविधान अनुसार नै काम गरेकाे छ । अहिलेका नेता राजा भन्दा माथी भए । यिनीहरूलाई जनताले परीक्षा गरिसके ।’
उनले नेताले पटकपटक गरेका गल्तीलाई माफ दिन नसकिने बताउदै राप्रपा आफ्नाे मूल्य र मान्यतालाई आत्मसाथ राख्दै अघि बढेकाे तर्क राखे ।
१० वर्षे द्वन्द्वले केही नयाँ अवसर ल्याएकाे भए पनि १० वर्ष पछाडि पनि धकेलेकाे उनकाे भनाई थियाे । ‘अब जनता एक ठाउँमा उभिएर देशलाई नवीन समझदारीबाट निकाश दिने गरि उभिन आवश्यक छ’ उनले भने ।
पार्टीका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले पूर्वराजा ज्ञानेन्द्र शाहकाे भव्य स्वागतलाई नयाँ ढंगबाट साेच्न बाध्य बनाएकाे बताए । ‘राजाकाे भ्रमणले जनता राजा र राजतन्त्रकाे पक्षमा रहेछन्’ उनले भने, ‘स्याङ्जामा लागेकाे भीडकाे कुरा गराै काठमाडौकाे जुलुसबारे व्याख्या गर्न आवश्यक छैन् ।’ उनले गणतन्त्रले मुलुककाे न्याय नगरेकाे बताउदै जनताकाे आधारभूत आवश्यकता पूरा गर्नसमेत नसकेकाे बताए । गणतन्त्रले गाउँमा विकास नल्याएकाे उनकाे दावी छ । ‘अहिले सरकार कहाँबाट कसरी लुट्न सकिन्छ भन्नेतिर केन्द्रीत छ । ठूला दुई दलले सरकार चलाएका छन् । बाहिर देखाउदा एकथरी , भित्र अर्कै छन् । प्रतिपक्षमा बस्दा अवसर नपाउने र माओवादीले एकलाैटी नेतृत्व गर्दा राम्रा कार्य गर्न थाल्याे भने काँग्रेस-एमालेले रातारात सरकार बनाए ।’ उनले हिन्दु राष्ट्रसहित राजसंस्था आएपछि जनताकाे समस्या र गुनासा सम्बाेधन हुने बताए ।
आँधीखाेला गाउँपालिका-५ जुग्लेमा सम्पन्न पाँचाै अधिवेशनले अध्यक्ष पदमा सुर्यबहादुर ढकालकाे अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेकाे छ ।
उपाध्यक्षमा, सचिवकाे टुंगो लागेकाे छैनभने, काेषाध्यक्षमा हिरा अधिकारी निर्वाचित भएका छन् । यसअघि पालिकाकाे ६ वटै वडामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएकाे छ । वडा नम्बर-१ मा भुवानीप्रसाद लामिछाने, २ मा निर्मला विक, ३ मा ओमप्रकाश शर्मा, ४ मा दुर्गाप्रसाद उपाध्यय, ५ मा कृष्णबहादुर क्षेत्री र ६ ओमबहादुर गुरूङ रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-