२०८३ भदौ २७, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

यसकारण पुटिनले अस्वीकार गर्न सक्छन् ३० दिने युद्धविराम प्रस्ताव

गण्डकी प्रेस
फाल्गुन २९, २०८१ १३:३७ मा प्रकाशित
अन्तराष्ट्रिय, प्रमुख समाचार, समाचार, समाज
यसकारण पुटिनले अस्वीकार गर्न सक्छन् ३० दिने युद्धविराम प्रस्ताव
15
SHARES
Share on FacebookShare on Twitter

मंगलबार अमेरिकासँग साउदी अरबमा भएको वार्तामा युक्रेनले ३० दिने अस्थायी युद्धविराम गर्न सहमति जनायो। अब एउटा प्रश्नको जवाफ प्राप्त हुन बाँकी छ– के राष्ट्रपति भ्लादिमिर पुटिन अहिले कुनै पनि किसिमको सम्झौता गर्न इच्छुक होलान् तरु

पुटिन शान्ति चाहन्छन् भन्नेमा राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वस्त छन्। तर, पुटिनले युद्ध अन्त्य गर्न चाहे पनि के उनले अमेरिकाको सर्तमा युद्ध टुंग्याउलान्रु कि आफ्नो मुख्य लक्ष्य पूरा नहुञ्जेल पर्खेलान्रु उनले यसअघि युक्रेनका चार प्रान्त पूर्ण रूपमा रुसको नियन्त्रणमा हुनुपर्ने सर्त अघि सारेका थिए।

सेप्टेम्बर २०२२ मा क्रेमलिनको सेन्ट जर्ज हलमा पुटिनले घोषणा गरेका थिए– रुसमा अब चार नयाँ क्षेत्र थपिएका छन्, दोनेत्स्क, लुहान्स्क, खेर्सन र जापोरिजा। यी क्षेत्रका बासिन्दा ‘सधैँका लागि हाम्रो नागरिक’ बनिसकेको उनको भनाइ थियो।

यी चार क्षेत्र त्यतिबेला आंशिक रूपले मात्रै अहिले रुसको अधीनमा थियो। तर, पुटिनले ती भूभाग रुसमा विलय भइसकेको र युद्धविरामका लागि युक्रेनले त्यसलाई स्वीकार्नुपर्ने बताएका थिए।

त्यसको करिब ३० महिना बितिसक्दा पनि रुसी सेनाले यी क्षेत्रको सम्पूर्ण इलाका कब्जा गर्न सकेको छैन। उदाहरणका लागि खेर्सन र जापोरिजा सहर अझै पनि युक्रेनको नियन्त्रणमा छ। मार्च २०२२ मा खेर्सन रुसले कब्जा गरेको थियो। तर, नोभेम्बरमा त्यो स्थान युक्रेनले फिर्ता लियो। जापोरिजा पनि युक्रेनको नियन्त्रणमा छ तर जापोरिजा आणविक भट्टीमा रुसले नियन्त्रण जमाएको छ।

यसको अर्थ, पुटिनको लक्ष्य अधुरै छ। जब ट्रम्प राष्ट्रपति भए र ‘पुराना साथी’ रहेका दुई नेताबीच ९० मिनेट लामो न्यानो फोन संवाद भयो, तब पुटिनले पूर्वी युक्रेनमा आफ्नो योजना सफल हुनसक्ने निष्कर्ष निकालेको हुनुपर्छ।

गत महिना भ्लादिमिर जेलेन्स्कीसँग झगडा परेर ट्रम्पले सैन्य सहायता र गुप्तचर सूचना रोकेपछि त पुटिनले पक्कै आप्ना सैन्य कमान्डरहरूलाई खेर्सनसहित आफूले विलय गरिसकेका चार क्षेत्र पूर्ण रूपमा कब्जा गर्न आदेश दिए होलान्।

उसोभए अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेलेन्स्कीका वार्ताकारसँग नौ घण्टा लामो वार्तापछि गरेको ३० दिने युद्धविरामको प्रस्ताव मान्नुमा पुटिनलाई फाइदा छ तरु

‘बल अब रुसको कोर्टमा छ। हुन्छ वा हुँदैन भन्ने जिम्मा अब उनीहरूको काँधमा छ,’ रुबियोले साउदीको वार्तापछि भनेका छन्।

निर्णय गर्नका लागि पुटिनसँग ज्यादा समय छैन। ट्रम्पले यही साता पुटिनलाई फोन गर्ने बताएका छन्। र, उनले पुटिनसँग भेट्न आफ्ना विशेष दूत स्टिभ विट्कोफलाई पठाउने बताइएको छ। विट्कोफको छवि कस्तो छ भने भनिन्छ, उनी कहिल्यै पनि नाइँ भन्ने जवाफ सुन्न सक्दैनन्। गाजामा युद्धविरामको विषयमा कुरा गर्ने विषयमा जब बेन्यामिन नेतन्याहुले भेट्न आनाकानी गरे, तब विट्कोफले उनलाई आफू भेट्न आउने बताए। अन्ततः नेतन्याहु झुक्नु पर्‍यो।

युक्रेनमा शान्तिका लागि ट्रम्पको प्रयासमा पुटिनले सहमति जनाउने सम्भावना छ। किनकि यो लडाइँ अन्त्य गर्ने सुनौलो मौका हो। अर्कोतिर, रुसको रणनीतिक साझेदार चीन पनि सौदाको पक्षमा छ।

तर, पुटिनलाई नराम्रो लाग्ने कुरा के छ भने ३० दिने युद्धविरामपछि आज लडाइँको अग्रमोर्चा जहाँजहाँ छ, त्यहीँत्यहीँ बिसाउने प्रस्ताव आउन सक्छ।

हालैका हप्ताहरूमा रुसी सेनाले सीमित भए पनि निरन्तर भूमि कब्जा गर्दै लगेको छ। यदि ट्रम्पले सैन्य सहायता र गुप्तचर सूचना अलि लामो समय रोकिराख्ने हो भने पुटिनले विलय गराएको क्षेत्रमा थप भूमि कब्जा गर्ने मौका पाउँथे।

यहीँनेर ट्रम्पले चतुर चाल चलेका छन्। ३० दिने युद्धविरामको प्रस्तावसँगसँगै जोडिएर आएको छ युक्रेनलाई अमेरिकी सैन्य सहायता र गुप्तचर सूचना आदानप्रदान गर्ने सर्त पनि। अर्थात्, ट्रम्पले व्यावहारिक रूपमा पुटिनलाई भनेका छन्– अमेरिका अब युरोपेली साझेदारहरूको पक्षमा फर्किसकेको छ। र, जेलेन्स्कीले पनि रुसी आक्रमणबाट देशको रक्षा गर्न जे चाहेको हो, त्यो पाउने छन्।

यसले पुटिनको हिसाबमा गडबडी ल्याउन सक्छ। किनकि उनका लागि ह्वाइट हाउससँगको सम्बन्ध सुधार्नु पनि उत्तिकै महत्त्वपूर्ण छ। वर्षौँसम्मको शीतयुद्धकालीन एक्लोपनपछि अमेरिकासँगको सम्बन्ध नाटकीय तरिकाले बदल्ने मौका रुसले पाएको छ।

ट्रम्पले पुटिनलाई लोभ्याउन चाहनुको कारण जेसुकै होस्, उनले चीनसँगको साझेदारी कहिल्यै तोड्ने छैनन्। तर, ट्रम्पसँग बोलचालको सम्बन्ध कायम राख्नु पुटिनको हितमा छ। ताकि विश्वमञ्चमा उनी टिकिराख्न सकून्।

त्यसैले पुटिनले ३० दिने युद्धविरामको प्रस्ताव स्वीकार्दा ज्यादा फाइदा प्राप्त गर्ने छन्। तर, त्यसका लागि उनले गत तीन वर्षमा अघि सार्दै आएका मागहरू अक्षरसः पूरा हुनु पर्छ।

पुटिनले माथि उल्लिखित चार क्षेत्र छाड्नका लागि ट्रम्प र जेलेन्स्कीलाई राजी गराउन नसक्लान्। तर, यदि उनी युक्रेन नेटोमा सहभागी हुने सपना त्याग्न र पूर्वी युरोपबाट सीमित भए पनि नेटो फौज फिर्ता गराउन ट्रम्पलाई राजी गराए भने सायद उनी सम्झौताको दस्तावेजमा हस्ताक्षर गर्न तयार हुन सक्छन्।

तर, थुप्रै कुरा अझै अज्ञात छन्। के पुटिन पूर्वी युक्रेनका चार क्षेत्र सिंगै कब्जा गर्ने चाहनाबाट पछि हट्लान्रु के उनले जेलेन्स्की युक्रेनको नेता हुँदाहुँदै सहमति गर्लान्रु के रुसी सीमानजिकका मुलुकबाट आफ्नो सेना पछि हटाउन नेटो तयार होलारु

सम्बन्धित समाचार

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी
प्रमुख समाचार

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक
प्रमुख समाचार

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद
अपराध

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो
प्रमुख समाचार

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार
अन्तराष्ट्रिय

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा
खेलकुद

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

भोटेकोशी बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा तीव्रता

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

भोटेकोशी बाढी : मृतक सुरक्षाकर्मीका परिवारलाई २५ लाखसम्म राहत

त्रिशूलीका जलविद्युत् आयोजनामा खोजी जारी, टनेलबाट २ को सकुशल उद्वार

त्रिशूलीका जलविद्युत् आयोजनामा खोजी जारी, टनेलबाट २ को सकुशल उद्वार

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

रुघा खोकीको घरेलु उपचार कसरी गर्ने

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

यी हुन् विश्वका १० गरिब देश (सूचीसहित)

यी हुन् विश्वका १० गरिब देश (सूचीसहित)

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

बाढीपीडितकालागि बेगनासताल पोखरा यातायात प्रा.लि. बाट १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा

रसुवा बाढिको उद्वारमा रहेका भरत खवासको बढुवा