पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुतिरहेको अवस्थाको हिरासतको फोटो सार्वजनिक गरेको आरोपमा डाक्टर निकोलश भुसालले कास्की ज्लिला अदालतबाट सफाई पाएका छन् । जिल्ला न्यायाधीश हिमलाल बेल्बालसेको इजालसले प्रमाण नपुगेको भन्दै उनलाई सफाई दिने निणर्य गरेको हो । उनी विरुद्ध विद्युतिय कारोबार सम्बन्धी ऐन अन्तरगतको कसुरमा मुद्धा चलाइएको थियो । २०८१ माघ १० गते जिल्ला प्रहरी कार्यालय कास्की सरकारी वकिल मार्फत उनी बिरुद्ध मुद्धा दर्ता भएको थियो । निकोलशको पक्षाबाट अधिवत्ता विमल प्रसाद लामिछानेले बहस गरेका थिए ।

पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेको हिरासतको फोटो सार्वजनिक गरेको जिम्मा कही दिन अघि मात्र डाक्टर भुसालले लिएका थिए । उनले फेसबुकमार्फत आफूले अन्जानमा रवि लामिछानेको फोटो सार्वजनिक गरेको भन्दै माफी समेत मागेका थिए। यता रास्वपा समर्थकले भने प्रहरी प्रशासनको कमजोरी भन्दै फोटो सार्वजनिक गर्नेलाई कारबाही गर्नुपर्ने माग राखेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-