पोखरा । भीमाद नगरपालिकाको भिमाद बजारस्थित प्रभात एकेडेमी बोडिङ स्कुलका शिक्षिका सुष्मा श्रेष्ठलाई जिल्ला अदालत तनहुँले धरौटीमा छाड्ने आदेश दिएको छ । श्रेष्ठलाई १ लाख २० हजार धरैटी र सहयोगी अथात पन्यू तताउने कमला भन्ने चन्द्र कुमारी राना संग ६० हजार धरैटी माग गरिएको हो । तनहुँ जिल्ला अदालतका न्याधीश कमलराज विष्टको इजालसले धरैटी खुलाएको हो ।

परिवर्तित नाम बेलचौतारा झ १ कुमारीले उनीहरु बिरुद्ध जाहेरी दिएका थिए । बालवालिका सम्बन्धी कसूरमा उनीमाथि मद्दा दायर गरिएको थियो ।
कक्षा ४ मा अध्यनरत चार विद्यार्थीलाई शिक्षिका श्रेष्ठले तातो पन्यूले गालामा डामेकी थिइन । तातो पन्यूले डामिएका विद्यार्थीको गालामा पन्यूको छाप बसेको थियो । कक्षा कोठामा विद्यार्थीले होहल्ला गरेको र आफूलाई काली भनेको आक्रोशमा शिक्षिका श्रेष्ठले पन्यूले डामेको प्रहरी संग बयान दिएकी थिईन । अनुसन्धानका क्रममा शिक्षिकाले आफ्नो गल्ती स्वीकार गरेकी छन् ।
यस घटनाको जिल्लास्थित विद्यार्थी सङ्घ तथा सङ्गठनले विरोध गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-