२०८२ कार्तिक २१, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सुन तस्करीका अभियुक्तसंग फोटा सुटमा विजी ग्रहमन्त्री लेखक

गण्डकी प्रेस
फाल्गुन २१, २०८१ १२:०५ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
सुन तस्करीका अभियुक्तसंग फोटा सुटमा विजी ग्रहमन्त्री लेखक
19
SHARES
Share on FacebookShare on Twitter


सुन तस्करीका अभियुक्त भारतीय नागरिकले गृहमन्त्री रमेश लेखकलाई भेटेका छन्।

पश्चिम बंगालको हावडा जिल्लास्थित डोमजुर थानाअन्तर्गत बदमपुर टोल घर भएका बुद्धदेव मैतीले गृहमन्त्री लेखकलाई भेटेर फोटो सुट गरेका हुन । मैतीले गतसाता काठमाडौँमै गृहमन्त्री लेखकलाई भेटेका हुन्। भेटका क्रममा मैतीले गृहमन्त्रीसँग तस्बिर पनि खिचाएका छन्। मैती सुन र हीरा ओसारपसारका अभियुक्त हुन्।

 

यस्तो छ उनको विगत

उनलाई २०८० वैशाख २२ गते करिब ११ बजेको समयमा पर्साको वीरगन्ज महानगरपालिका वडा नं १६ शंकाराचार्य गेटबाट प्रहरीले तस्करीको सामानसहित पक्राउ गरेको थियो।

भारतबाट वीरगन्जतर्फ आउँदै गर्दा शंका लागेर प्रहरीले जाँच गर्दा अवैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएको २२४.८०० ग्राम सुनका सिक्रीहरू र १४९.२५ ग्राम हीरा फेला पारेको थियो।

उनले उक्त सामान खरिद गरेको बिल र भन्सार तिरेको रसिद बुझाउन सकेका थिएनन्। जिल्ला प्रहरी कार्यालय पर्साले २०८० वैशाख २४ गते थप कारबाहीका लागि प्रतिवेदनसहित राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाएको थियो।

बरामद सामानको परीक्षणका लागि पर्सा सुनचाँदी व्यवसायी संघले सुनका सिक्रीहरूको शुद्धता ८५ प्रतिशत कायम गरेको थियो। त्यसअनुसार सुनको तौल १८१.०८० ग्राम कायम भएको थियो। त्यतिबेला प्रचलित दर रेट अनुसार १८ लाख ३९ हजार ८१८ रुपैयाँ कायम गरिएको थियो।

हिराबापत समेत गरी २९ लाख ४४ हजार ६३३ बजार मूल्य कायम भएको भन्दै उनीविरुद्ध ३० लाख रुपैयाँ धरौटी माग गरेको थियो। मैतीले राजस्वले माग गरेको धरौटी राष्ट्रिय वाणिज्य बैंक कलैयामा बुझाएर भौचर पेस गरेका थिए। उनलाई त्यसपछि साधारण तारेखमा रिहा गरिएको थियो। तर राजस्वले २०८० माघ २२ गते फैसला सुनाएको थियो।

त्यसअघि नेपाल राष्ट्र बैंकले उनीबाट बरामद भएका सामानको मूल्य निर्धारण गरेको थियो। टक्सार महाशाखाले सुनका गरगहना गाल्दा २१७ ग्राम यकिन भएको र उक्त मितिमा सुनको बजार मूल्य प्रति १० ग्राम ९६ हजार २८० रुपैयाँ दरले ३१ लाख ९४४ हजार १९१ रुपैयाँ कायम भएको थियो।

मैतीले धरौटी राखेको ३० लाख रुपैयाँ कट्टा गरी थप १ लाख ९४ हजार १९१ रुपैयाँ थप माग गरिएको थियो। उनलाई उक्त रकमसमेत दाखिला गर्न लगाइ खोजेका बखत उपस्थित हुने र नभएमा धरौटी रकम जफत गर्ने सर्तमा छाडिएको थियो।

राजस्व अनुसन्धान कार्यालयले ५० लाखसम्म बिगो कायम भएका मुद्दामा आफैँ फैसला गर्न सक्छ। त्यो भन्दामाथिको मुद्दा सम्बन्धित क्षेत्रको उच्च अदालतमा दायर गर्छ। मैतीको मुद्दा पनि राजस्व कार्यालयले नै आदेश गरेको हो।

सम्बन्धित समाचार

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न
समाचार

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै
प्रमुख समाचार

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

सवारी दुर्घटनामा ४ जनाको मृत्यु
प्रमुख समाचार

सवारी दुर्घटनामा चार जनाको मृत्यु

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?
अर्थ

सुनको भाउ तोलामा ११ हजार ६ सय घट्याे

स्याङजामा होटलबाट १२ जुवाडे पक्राउ, १ लाख ७६ हजार बरामद
प्रमुख समाचार

जुवातास खेलिरहेको अवस्थामा ४० जना पक्राउ

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न
प्रमुख समाचार

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा चार जनाको मृत्यु

घट्यो सुनाको मुल्य कतिमा हुँदै छ कारोबार ?

सुनको भाउ तोलामा ११ हजार ६ सय घट्याे

स्याङजामा होटलबाट १२ जुवाडे पक्राउ, १ लाख ७६ हजार बरामद

जुवातास खेलिरहेको अवस्थामा ४० जना पक्राउ

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

लायन्स क्लब पोखरा गुडविलद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

पैयूकाेटकाे ईतिहास र संघियता पछिको बिकास

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

शारजाहमा ऐतिहासिक विजय : वेस्ट इन्डिजमाथि नेपालको सनसनीपूर्ण जित

चर्चित खबरहरु

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

लियो जिल्ला परिषद् ३२५ काे पदस्थापन तथा सम्मान सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

बाँसको खम्बाबाट उज्यालोको बाटोतर्फ लम्किदै

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

सवारी दुर्घटनामा चार जनाको मृत्यु

रोकियो, ताण्डवम्को सेन्सर, प्रिमियर स्थगित

रोकियो, ताण्डवम्को सेन्सर, प्रिमियर स्थगित

भवन पुर्न निर्माणको लागि खुत्रुके देउसीभैलो कार्याक्रम

भवन पुर्न निर्माणको लागि खुत्रुके देउसीभैलो कार्याक्रम

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

नेपाली सन्दर्भ सहित भूपरिवेष्टित देशको पारवहन अधिकार

विज्ञान दिवस- असोज १

विज्ञान दिवस- असोज १

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी