चिर्को युनिटी पोखराको आयोजना र पोखरा भलिबल प्रशिक्षण केन्द्र, नदीपुरको प्राविधिक संयोजनमा हुने पार्क पुरुष भलिबल प्रतियोगिता–२०८१’ को तयारी सकिएको छ ।
मंगलबार देखी आगामी २४ गतेसम्म पोखरा ३ नदिपुरमा रहेको छन्त्याल समाजको कोटमा हुने प्रतियोगिता करिब २० टिम भन्दा बढिले भाग लिएका छन् ।

नेपालको राष्ट्रिय खेल भलिबल स्तर समुन्नती गराउन महत्वपूर्ण भूमिका खेल्ने उद्देश्यका साथ यस प्रतियोगिता आयोजना गरिएको उक्त प्रतियोगितामा पहिलो हुनेले ६० हजार शिल्ड, मेडल र प्रमाण पत्र पाउँने छन् । भने दोस्रो हुनेले ३५ हजार शिल्ड, मेडल र प्रमाण पत्र पाउँने छन् ।
पार्क भलिबल खेललाई चलायमान गराउनका साथै खेल क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिता गरिएकाे हाे ।
प्रतियोगितामा टिम दर्ता शुल्कः रू. ४ हजार लाग्ने छ ।
सर्वोत्कृष्ट खेलाडी, सर्भर, डिफेन्सर, सेटर, स्पाइकर, ब्लकर,
प्रशिक्षकलाई उचित पुरस्कारको व्यवस्था रहेको छ ।
कार्यक्रमलाई उत्कृष्ट बनाउन विविध सांस्कृतिक, मनोरञ्जनात्मक एवं हास्य प्रस्तुति, भलिवल खेलको विकासमा योगदान पुयाउनुहुने व्यक्तित्वहरू, प्रायोजक तथा सहयोगी, अतिथि गणहरूलाई सम्मान लगायतका कार्यक्रम हुने छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-