पोखरा महानगरपालिका वडा नं १७ हिमाली टोलस्थित शिशिर व्यूटीपार्लरको आयोजना एवं पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नर्सिङ निरीक्षकको प्राविधिक सहयोगमा ६१ जना महिलाको पाठेघरको मुख परीक्षण सम्पन्न भएको छ ।
महिलाको अनुहारसँगै भित्री अंग पनि स्वस्थ हुनु पर्दछ भन्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हाे ।
शिविरमा परीक्षण गरिएकामध्ये १० जना महिलामा समस्या देखिनुका साथै एक जनाको रिपोर्टमा पोजेटिभ देखिएपछि थप उपचारका लागि अस्पताल सिफारिस गरिएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नर्सिङ निरीक्षक पुष्पलक्ष्मी महर्जनले बताईन् ।

भीआइए टेष्ट गर्दा पाठेघरको मुखमा करिब पाँच प्रतिशत एसिटिक एसिड लगाई पाठेघरको मुखमा रंग परिवर्तन भएको हेरिन्छ ।
‘भीआइए टेस्ट पोजेटिभ आउनु भनेको क्यान्सर हुनु हैन, एचपीभीको संक्रमण हुनु हो, जुन समयमा उपचार गरेमा निको हुन्छ’, उनले भनिन्, ‘समयमा उपचार नगर्ने हो भने क्यान्सर हुन्छ ।’
शिविरमा अस्पतालका नर्सिङ निरीक्षक जसमाया रिजेलले प्राविधिक सेवा प्रदान गरिन् ।
पोखरा महानगरपालिका वडा नं १७ का वडासदस्य तारा सेवाले शिविरको उद्घाटन गर्दै पार्लरले व्यवसायसँगै महिलाको स्वास्थ्यमा समेत चासो देखाएर समाजप्रति महत्वपूर्ण योगदान गरेको बताइन् ।
पत्रकार हरिप्रसाद बास्तोलाले पाठेघरको मुखको क्यान्सरबाट महिलाहरु पीडित हुने गरेको भन्दै आफ्नाे शरीरमा देखिएको समस्या चिकित्सकसँग खुलेर राख्नुपर्नेमा जोड दिए ।
अनुहारमा मात्र होइन भित्री शरीर सफा र निरोगी हुनुपर्नेमा जोड दिंदै उनले यस्ता शिविर सरकारी स्तरसँगै विभिन्न संघसंस्थाले पनि आयोजना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा २० हजार रुपैयाँ बराबरको औषधिसमेत वितरण गरिएको थियो ।
संस्थाका प्रोपाइटर दीपक गोदारको अध्यक्षतामा भएको कार्यक्रममा पार्लर सञ्चालक शिशिर गोदारले व्यवसायसँगै सात जनालाई रोजगार दिंदै आएका छन् ।
शिविरका लागि वइलटेन प्रोफेसनल कस्मेटिक कम्पनीले सहयोग गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-