आगामी बैशाखमा पोखरामा हुने ऐतिहासिक श्रीगण्डकी शत कुण्डिय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको पावन अवसरमा आयोजक श्री मानव सेवा फाउण्डेसन नेपालले राष्ट्रिय भजन प्रतियोगिताको पनि आयोजना गर्ने भएको छ ।
गण्डकी प्रदेशमा नै हालसम्मको ठूलो भजन प्रतियोगिता हुन लागेको आयोजकको दावी रहेको छ । पुरस्कार राशी तथा सहभागी संख्या दुवै हिसावमा संम्भबतः नेपालमा नै हालसम्मकै ठूलो भजन प्रतियोगिता गण्डकी कोटिहोम महायज्ञको अवसरमा आयोजना गर्न लागेको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले बताएका छन् ।

उक्त राष्ट्रिय भजन प्रतियोगितामा प्रथम पुरस्कार ३ लाख ५५ हजार ५५५ रुपैयाँ नगद सहित अन्य पुरस्कार वितरण गरिने छ । त्यस्तै द्वितीय हुने व्यक्ति वा समूहले २ लाख ५५ हजार ५५५ , तृतीय हुने व्यक्ति वा समूहले १ लाख ५५ हजार ५५५ र शान्वता हुने समूहले १ लाख ५५ हजार ५५५ रुपैयाँ नगद सहित अन्य पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट १० बिधामा १० ओटा समूहलाई २५ हजार ५५५ सहित प्रमाणपत्र र मायाको चिनो पनि प्रदान गरिने छ । त्यसैगरि पोखरा महानगरपालिका भित्रका ३३ वडाबाट सहभागी हुने समूहलाई ५ हजार प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने छ । त्यस्तै कास्की जिल्लाभन्दा बाहिर गण्डकी प्रदेशका जिल्लाबाट सहभागी हुने प्रत्येक समूहलाई रु ११ हजार प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने छ ।
त्यसैगरि प्रदेशभन्दा बाहिरको प्रदेशबाट सहभागी हुने समूहलाई १३ हजार प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने छ भने देश बाहिर विदेशबाट सहभागी हुने प्रत्येक समूहलाई १५ हजार प्रमाणपत्र र मायाको चिनो प्रदान गरिने छ ।
उक्त प्रतियोगितामा कुनै पनि दर्ता शुल्क नलाग्ने आयोजकले जनाएको छ । प्रतियोगिता २०८२ साल बैशाख १५ गते देखि जेठ २० गते सम्म सञ्चालन हुने छ । त्यस्तै समूह दर्ताको लागि २०८१ फागुन १५ गते देखि बैशाख १ गते सम्म सम्पर्क गर्न सकिने छ ।
राष्ट्रिय भजन प्रतियोगिताको संयोजको रुपमा वरिष्ठ लोकदोहोरी तथा भजन गायक, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष प्रजापति पराजुली रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-