पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा उडाउन तयारी गरिएका बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक कमलेस कुमार पक्राउ परेके जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

अभन्द्र व्यवहारको कसुरमा म्याद थप गरेर अनुसन्धान अघि बढेको शर्माले जानकारी दिए ।
फागुन ३ गते उद्घाटन समारोहमा बेलुन विस्फोट भएर उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए ।
घटना लगतै प्रहरीले बेलुनमा ग्यास भर्ने भारतीय नागरिक ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरेको थियो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
‘त्यसरी ग्यास भर्न पाइने हो कि होइन ? नपाइने हो भने पनि सरकारी निकायले नै भर्न लगाएर तयार गरेको हो ।
गत फागुन ३ गते पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा हाइड्रोजन ग्यास भरिएका बेलुन उडाउन खोज्दा आगोको झिल्कोले भेटेर सबै बेलुन एकसाथ बिस्फोट भएका थिए ।
विस्फोटमा परी घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई पोखरामा समान्य उपचार पछी थप उपचारको लागी काठमाडौँमा रिफर गरिएको थियो ।
कीर्तिपुर वर्न अस्पतालमा उपचारपछि अर्थमन्त्री पौडेल सोमबार डिस्चार्ज भएका छन् । मेयर आचार्य भने अझै अस्पतालमै छन् ।
उक्त घटना छानविनका लागि गृह मन्त्रालयले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा समिति बनाएको छ । समितिले आयोजक सहित त्यसमा संलग्न व्यक्तिसँग सोधपुछ गरिरहेको छ । समितिलाई उक्त घटना कसरी भएको हो त्यसकोक प्रतिवेदन बुझाउन भनिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-