कास्की, उदयपुर, मोरङ, झापा लगायतका जिल्लाका विभिन्न ठाउँमा मानिसहरु मृत अवस्थामा फेला परेका छन् ।
कास्की, मादी गाउँपालिका–४ लामिछानेथोक बस्ने ८५ वर्षीय झ्यापु नारायण लामिछाने सोही गाउँपालिका–४ बगालेडाँडाको जिमरे भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, बिर्तामोड नगरपालिका–९ बद्रीबारी बस्ने ४५ वर्षीय बुद्धलाल महतो सोही ठाउँस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी झापा, दमक नगरपालिका–७ डेरा गरी बस्ने ५५ वर्षीया देव कुमारी अधिकारी आफ्नो कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
उदयपुर, उदयपुरगढी गाउँपालिका–७ हिलेगैरे खोलाको बगरमा सोही गाउँपालिका–७ घलेटोल बस्ने ४६ वर्षीय नईन्द्र घलेमगर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, बेलबारी नगरपालिका–५ कालिथान चोकस्थित धैदती खोलामा सोही ठाउँ बस्ने ६४ वर्षीय श्यामकुमार राई मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

























प्रतिक्रिया लेख्नुहोस्:-