नयाँ शक्तिको नेतृत्व छनोटका लागि भएको मतदानको मतगणना केही बेरमा सुरु हुने भएको छ । अध्यक्षसहित केन्द्रीय सदस्य पदका लागि मंगलबार मध्यराति मतगणना सकिएको थियो ।

मध्यान्ह १२ बजेपछि मतगणना सुरु हुने उपाध्यक्ष मानुषी यमि भट्टराईले जानकारी दिइन् । अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्र चपाईं प्रतिस्पर्धामा उत्रिएका छन् । नेसपा नयाँ शक्तिको प्रथम राष्ट्रिय महाधिवेशन माघ २९ देखि प्रज्ञा भवन कमलादीमा सुरु भएको थियो ।
११ पदाधिकारी र ९९ केन्द्रीय सदस्यमध्ये यसअघि दुई उपाध्यक्षसहित २० केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन समितिले मतगणनाको अन्तिम घोषणा गरेसँगै आजै महाधिवेशन सकिने छ । महाधिवेशनमा १५ सय प्रतिनिधि सहभागी भएका छन्
प्रतिक्रिया लेख्नुहोस्:-