पोखरा राष्ट्रिय सभामा सामाजिक सञ्जाल सम्बन्धित विधेयक पेस भएको छ । आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल सम्बन्धित विधेयक पेस गरेका हुन् ।

विधेयक पेस गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने,‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानुन निर्माण गर्नुपर्ने आवश्यकता छ ।
नेपालमा सूचना प्रविधि क्षेत्रमा भएको विकास सँगसँगै सामाजिक सञ्जालको प्रयोग बढिरहेको छ । सामाजिक सञ्जालको प्लेटर्फम र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेशी बनाई मर्यादित बनाएर नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पेस गर्दछु ।’
प्रतिक्रिया लेख्नुहोस्:-