पोखरा । पर्यटकीय राजधानी पोखरामा भोटे कुकुर शो हुने भएको छ । भोटेकुकुरलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उदेश्यका भोटेकुकुर क्लब अफ नेपालको आयोजनामा लेकसाइडमा माघ १९ गते उक्त शो हुने भएको हो ।
नेपालको मौलिक सम्पदा भोटे कुकुरलाई वल्र्ड किन्नेल युनियनको मापदण्ड अनुसार नेपालमै पहिलो पटक शो हुन लागेको हो । युनियनबाट मान्यता प्राप्त व्यक्ति सञ्जय गुरुङ निर्णायकको रुपमा रहनेछन । यस शो ले भोटे कुकुरलाई अन्तर्राष्ट्रिय स्तरमा दर्ता गराउन महत्त्वपूर्ण मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ ।

भोटे कुकुर क्लब अफ पोखराका अध्यक्ष विजय पौडेलका अनुसार भोटे कुकुरको पहिचान र संरक्षण गर्न शो को आयोजना गरिएको हो । भोटे कुकुर नेपालको रैथाने जातको कुकुर हो, जसको विशेषता यसको साहसी स्वभाव, बाक्लो र आकर्षक रौं, तथा सुरक्षात्मक गुण हुने उनले बताए । यो शो ले यस प्रजातिको संरक्षण, प्रवद्र्धन र दिगो विकासलाई प्रेरित गर्ने उद्देश्य राखेको उनको भनाइ छ ।
माइक्रोचिप अनिवार्यः सुरक्षाको आधुनिक उपाय प्रतियोगितामा सहभागी हुन चाहने कुकुरहरूमा अनिवार्य रूपमा माइक्रोचिप लगाउनुपर्ने पौडेलको भनाइ छ । कुकुरको पहिचान, स्वामित्व सुरक्षा र अन्तर्राष्ट्रिय मान्यता सुनिश्चित गर्नका लागि माइक्रोचिप अनिवार्य गरिएको हो । माइक्रोचिप दर्ता शुल्क रु एक हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
शो लाई सम्पन्न गराउनका लागि टाइटल स्पोन्सरको रुपमा ब्लु सीप होटल एण्ड गोस्ते ढोरपाटन रहेको छ । यस्तै बैरो, मुना भेटेनरी हस्पिटल, दिक्षा भेटेनरी सेन्टर र पोखरा भेटेनरी क्लिनिक, हिमालय, बोनाकोबोलगायतको सहयोग रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-