मोसेस कुमाल र विनिता घर्तीमगर २४ औं माछापुच्छ्रे फुलकन्ट्याक्ट कराँते च्याम्पियन बनेका छन् । क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा ढुंगेसाँघुको मेलामा आयोजित प्रतियोगितामा मोसेसले म्याग्दीका जलन पुनलाई पराजित गर्दै च्याम्पियन बने । उता विनिता घर्तीमगरले म्याग्दीकै दिक्षा रानामगरलाई हराउँदै ट्रफी उचालिन् ।

पुरुष ५५ केजी माथी खुल्ला ताैल समूहमा मोशेस कुमाल पहिलो, जलन पुन दाेस्राे, मेघ बहादुर राई र राजु शेख तेस्रो भएको छन् ।
५५ केजी ताैल समूहमा सबिन वाइवा पहिलो, नारायण वि.क दाेस्राे, ओम प्रकाश चौहारी र साजन नेपाली तेस्रो भएको छन् ।
पुरुष ५० केजी ताैल समूहमा रेशम दलामी मगर पहिलो, मोहमद अफ्ताव रखान दाेस्राे, रबिन गौतम र राज भुजेल तेस्रो भएको छन् ।
पुरुष ४५ केजी ताैल समूहमा अरमान साफी पहिलो, रिजन थापा मगर दाेस्राे र असिम सारु मगर र समिर भुजेल तेस्रो भएको छन् ।
पुरुष ४० केजी ताैल समूहमा रक्यान मगर पहिलो, प्रेम साह दाेस्राे, सत्कार प्रतेल, सयम कुमाल तेस्रो भएको छन् ।
महिला ५० माथि खुल्ला ताैल समूहमा बिनिता घती अगर पहिलो, दिक्षा राना मगर दाेस्राे, ज्याक्सिना क्षत्री र विपना गुरुङ तेस्रो भएको छन् ।
महिला ५० केजी ताैल समूहमा भावना बुढाथोकी पहिलो, आयुषा विक दाेस्राे, तृषा गुरुङ र साया गुरुङ तेस्रो भएको छन् ।
महिला ४५ केजी ताैल समूहमा ध्वज कुमारी नेपाली पहिलो, आकृती वि.क दाेस्राे, तृप्ती चापागाई र आस्था चौधरी तेस्रो भएको छन् ।
महिला ४० केजी ताैल समूहमा अनुस्का वि.क. पहिलो, रेश्मा चौधरी दाेस्राे, ईरप्सा छन्त्याल र आकृती चौधरी तेस्रो भएको छन् ।
पुरुष तर्फ सविन वाईवा र महिला तर्फ विनिता घर्तिमगर उत्कृष्ट खेलाडी घाेषित भए । बिजेता र उत्कृष्ट खेलाडीलाई शिल्ड मेडल र प्रमाणपत्रले सम्मान गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-