पाेखरा । स्वस्थ्य समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस २०८१ पोखरामा मनाइएको छ ।

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखा र व्यवसुाय प्रवद्र्धन केन्द्रको आयोजनमा योग दिवस मनाइएको हो । योग दिवसको अवसरमा प्रशिक्षक प्रदिप क्षेत्री, ममता अधिकारीले प्रशिक्षण गराएका थिए ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले योग शताब्दी अघि देखी नै सुरु भएको बताए । हरेक व्यक्तिल् योग अपनाउनुपर्ने उनको भनाई । बढ्दो प्रविधीको प्रयोग गर्ने समयमा योगलाई जीवनपद्धती बनाउनुपर्ने औंल्याए । योगमा प्रशिक्षकको संख्या धेरै भएपनि उत्कृष्ट प्रशिक्षकको कमी नै रहेको बताए ।
शारीरिक र मानसिक रुपले स्वास्थ्य रहन योग महत्वपूर्ण माध्यम भएको लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एमका डिस्टिम गभर्नर चण्डकी प्रसाद अर्यालले धारणा राखे ।
उक्त कार्याक्रममा स्वास्थ्य महाशाखा प्रमुख भरत राज पौडेल, पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्र प्रमुख नवराज अघिकारी, भुमिका बरालले योगको बारेमा बोलेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-