पोखरा । यतिबेला कास्की जिल्ला क्रिकेट संघ पनि विवादको विषयमा जिल्ला खेलकुद विकास समिति कास्कीमा उजुरी परेको छ ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्स सिग्देल र सचिव विरेन पुनले नै केही दिन अगाडी नै जिल्ला खेलकुद विकास समितिमा उजुरी दिएका थिए । आफुहरु अन्यायमा परेको कारण उक्त विवादको समाधान गरिदिन उजुरी दिएका थिए ।
दुइ जनाको उजुरीमाथी सोमबार बसेको कास्की जिल्ला खेलकुद समितिको बैठकमा छलफल भएको थियो । उक्त छलफलले छानबिन समिति बनाउने निर्णय गरेको हो ।
छानविन समितिको संयोजकमा केशव बहादुर थापा र सदस्यमा राजन बडगामी र सचिव कञ्चन थापा रहेका छन् । जिल्ला खेलकुद बिकास समिति कार्यालय प्रमुख सुनबहादुर लामाले जानकारी दिए ।
छानविन समितिले सचिव र अध्यक्षलाई बोलाएर बयान लिने र अन्य सम्बन्धित निकायसंग सोधपुछ गर्ने लगाएको काम गर्नेछ । क्रिकेट संघमा सल्लाह नगरी आफुखुसी कास्की जिल्ला क्रिकेट संघका सचीव विरेन पुनमाथी विभिन्न व्यक्तिको नाममा पत्र काटेको, स्पस्टिकरण सोधिएको पत्रको जवाफ नफर्काएको लगायतको आरोप छ ।
संघका अध्यक्ष सिग्देलले विधान विपरीत बैठक बोलाएको, सचिवको काममा हस्तक्षेप गरेको, विधान अनुसार एम्पाएर संघको पदाधिकारीमा बस्न नपाउने भएपनि बसेको लागायतको आरोप छ ।
प्रतिक्रिया लेख्नुहोस्:-