पाेखरा ।
दर्शन फाउण्डेशनको आयोजनामा माछापुच्छ«े गाउँपालिका ४ लाहाचोकमा भएको निशुल्क महिला स्वाथ्स्य परिक्षण सम्मपन्न भएको छ ।
पोखरा नर्सिङ क्याम्पसको सह आयोजनामा १ सय ३० जना महिलाले उक्त स्वास्थ्य परिक्षण गराएको दर्शन फाउण्डेशनका अध्यक्ष प्रितम बहादुर सेनले जानकारी दिए ।

भिआइए पोजेटी १ जना, भिआइए संभावित २ जनामा देखिएको छ । आङ खसेको समस्या ३ जनामा देखिएको छ । अन्य विभिन्न समस्या देखिएको ६६ जनाको औषधी वितरण गरिएको छ । शिविर १२ प्रकारका ओषधी निशुल्क वितरण गरिएको थियो ।
उक्त कार्याक्रमको उदघाटन गर्दे माछापुच्छ«े गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङले फाउण्डेशनले समाजमा राम्रो काम गर्दै आईरहेको बताए । उनले सबैले बेला बेलामा स्वास्थ्य परिक्षण गर्नुपर्ने खाँचो रहेको बताए ।
माछापुच्छ«े गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले आगामी दिनमा नि यस्तै कार्याक्रम लिएर सामाजमा सकरात्मक काम गर्न शुभकामना दिईन् ।
दर्शन फाउण्डेशनका सल्लाहाकार कृष्ण क्षेत्रीले रोगी मानिसको जिवन कष्टकर हुने भन्दै मानिसको स्वास्थ्य नै सबैभन्दा ठुलो धन रहेको बताए ।
कार्यत्रलममा माछापुच्छ«े गाउँपालिका वडाध्यक्ष मधु सुधन अधिकारी, माछापुच्छ«े गाउँपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराम दहाल, पोखरा नर्सिङ क्याम्पस सामुदायिक विभाग प्रमुख रिता पाठक, प्रध्यापक अनिता आचार्य, माछापुच्छ«े गाउँपालिका लाहाचोक स्वास्थ्य चौकी प्रमुख जमुना काफ्ले, लगायतले कार्यक्रममा भनाई राखेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-