राइनास ८ हर्राबोटमा रहेको महिलाहरुबाट संचालित मिलीजुली कृषि ताजा तरकारी उत्पादक सहकारी संस्थाको २० औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

५९१ जना शेयर सदस्य भएको यस सहकारीले करिब तीन करोडको कारोबार गरिरहेको छ । कृषिमा ७० प्रतिशत लगानी र ३० प्रतिशत अन्यक्षेत्रमा लगानी गर्ने गरिएको जनाइएको छ ।
मिलीजुली कृषि ताजा तरकारी उत्पादक सहकारी संस्था अध्यक्ष बिष्णुमाया धितालको अध्यक्षतामा भएको कार्यक्रममा राइनास नगर प्रमुख खड्गबहादुर गुरुङ, उपप्रमुख पुष्पराज खनाल, सहकारी जिल्ला संघका अध्यक्ष बिजय गुरुङ, राइनास ८ का वडा अध्यक्ष कृष्णबहादुर रानाभाट, राइनास महिला बालबालिका शाखा प्रमुख सीता गैह्रे , जिल्ला बचत संघ संचालक सदस्य दुर्गाबहादुर रानाभाट, कालिगण्डकी साकोसका अध्यक्ष मानबहादुर घर्ती, सहकारीकै पुर्व अध्यक्ष लक्षिमा अधिकारी लगायतले कार्यक्रममा मन्तब्य राखेका थिए ।
संस्थालाई विशेष सहयोग पु¥याउनु भएका कृष्णराज ओलिया, सीता गैह्रे र नवीन कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।
असल ऋणी, एकल महिला, जेष्ठशेयर सदस्य, बाल बचतकर्ता, असल र सफल ब्यबसायी, एसईईमा उत्कृष्ट एक एक जना छात्राहरुलाई सम्मान गरिएको थियो ।
उपाध्यक्ष जमुना कंडेलले स्वागत र सामाजिक परिचालक अम्बिका ओलियाले कार्यक्रम संचालन गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-