मुस्ताङकाे घरपझोङ गाउँपालिका २ मार्फा स्थित फिरोज लालचनले संचालन गरेको होटल माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट १२ जना जुवाडे सहित ८ लाख ५२ हजार ८ सय बरामद भएको छ ।
उक्त हाेटलकाे २११ र २०९ नम्बरको कोठामा जुवातास खेलेकाे थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट प्रहरि निरिक्षक गणेश सुवेदीको कमाण्डमा खटिएको टाेलिले उनीहरूलाई पक्राउ गरेको हाे ।
मुस्ताङ घरपझोङ गाउँपालिका २ मार्फामा बस्ने सुरज लालचन, राजु लालचन, जेम्स हिराचन, गुन्ज हिराचन, दल बहादुर हिराचन, विश्व लालचन, समिर ज्वारचन, कविन ज्वारचन, याम प्रसाद मगर र सन्तोष लालचन पक्राउ परे ।
भने कास्की जिल्ला पाेखरा ९ स्थायी घर वतन भई हाल जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका २ बस्ने आईत ज्वारचन र कमल हिराचन सहित ८ बुक तास र ८ लाख ५२ हजार ८ सय बरामद भएकाे जिल्ला प्रहरी मुस्ताङ्ले जानकारी दिएको छ ।






















प्रतिक्रिया लेख्नुहोस्:-