पोखरा । पोखराका नवलपुर सम्पर्कले तिहारका अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम आयोजना गरेको छ ।

आज पोखरामा उक्त कार्यक्रमको आयोजना गरी शुभकामना साटासाट गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि समाजका सल्लाहकार डा. पदम श्रेष्ठले नवलपुरका बासिन्दालाई गोलबद्ध गर्नको लागि कार्यक्रम आयोजना गरेको बताए ।
उनले भने, ‘नवलपुर जिल्लाबाट पोखरा आएर बसोबास गर्नेहरुको उल्लेख्य उपस्थितिमा सबैलाई गोलबद्ध गर्दै यो कार्यक्रमको आयोजना गरेका हौँ ।
कार्यक्रममा संस्थाका सल्लाहकार एवम् सदस्यहरू सहभागिता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-