२०८३ भदौ ११, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

क्रिकेटर जन्माउँदै पर्वतको सरस्वती मावि

विजय नेपाली
भदौ ५, २०८१ १२:४० मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार, समाज
क्रिकेटर जन्माउँदै पर्वतको सरस्वती मावि
15
SHARES
Share on FacebookShare on Twitter

पाेखरा। असारको पहिलो साता पोखरामा गण्डकी प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिताको आयोजना गरियो ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट खेल समेत भनिएको प्रतियोगितामा मात्रै चार जिल्लाको सहभागिता रह्यो । अपेक्षित रुपमा टिम थोरै भएपछि खेल राउन्डरोविन लिगको आधारमा खेलाइयो र स्याङजा च्याम्पियन बन्न सफल भयो । त्यही प्रतियोगितामा थियो पर्वत जिल्लाको टिम ।

अन्य जिल्लाको भन्दा पर्वतको टिम कम्जोर थियो । समग्रमा खेल हेर्दा पर्वतमा अनुभवको कमी थियो नहोस पनि कसरी सबै खेलाडी कक्षा१० मुनिका ।

पर्वत ग्रामिण क्षेत्र हो, बजारमा जति सहज रुपमा महिलाले खेल्न परिवारबाट सहयोग पाउँछन् ग्रामिण भेगमा त्यतिनै असहजता छ । पर्वतको टिम त्यस्तो टिम हो जहाँ एकै विद्यालयका खेलाडी त्यसमा पनि एक खेलाडीबाहेक सबै एकै पालिकाको । पर्वत बाजुङस्थित सरस्वती माध्यामिक विद्यालयले महिला क्रिकेट खेलाडी जन्माइरहेको छ ।
एउटा प्रस्तावित माध्यामिक विद्यालय जहा माविकै स्विकृत दरबन्दी छैन् प्रावि र निमाविकै दरबन्दिमा चलेको विद्यालयले क्रिकेट खेलाडी जन्माउनु सामान्य कुरा पनि होइन् ।

विद्यालयका प्रधानाध्यापक तथा प्रशिक्षक अजय लामिछानेले विद्यालयमा क्रिकेट सिकाउँदा अनेकौं भनाई खेप्नु प¥यो । खेलाडीलाई ल्याउन निकै कसरत गर्नु प¥यो । खेलकुदमा लाग्दा पढाइमात्र होइन मान्छे नै विग्रिन्छ भन्दै आलोचित समेत भए तर क्रिकेटप्रेमी उनको मन कहाँ मान्यो र ? खेलकुदमा लागे विग्रिन्छन् भन्ने अभिभावकको मानसिकतालाई नै परिवर्तन गर्दै उनी अघि बढे टिम तयार पारे ।
‘यहाँसम्म आइपुग्दा अझैपनि कतिलाई त विश्वासै लागेको छैन् । अझ भन्नुपर्दा एउटा विद्यालयको टिमले कास्की, स्याङजा, नवलपुर जस्तो जिल्लाको टिमसँग खेल्नु सामान्य कुरापनि होइन् । कति अभिभावकलाई त बुझउनै गाह्रो छ की त्यसै टाइमपास गर्न गएजस्तो गर्नुहुन्छ’ उनी थप्छन्, ‘यो लेभलसम्म ल्याउन धेरै नै मिहेनत गरियो । स्कुलको प्रशासनिक कामदेखी पढाइहुँदै समय निकालेर क्रिकेट सिकाउनु वास्तवै सहज छैन् । यहाँ सम्म आउनु भनेको पनि सफलता हात पार्नु नै हो ।’ अब सहभागि हुनु मात्रै सरस्वती विद्यालयको सफलता होइन् । विद्यालयले त्यो टिमलाई बलियो बनाउनै पर्छ र त्योबाट उम्कने छुट छैन् । जिल्लाको त्यो टिमले क्रिकेटको ब्याट/बल छोएको भने दुई वर्ष पुरा भएको छ । ती खेलाडीले निरन्तर प्रशिक्षण समेत पाउन मुस्किल छ । जति खेलेका छन् ती सबै बेला बेलामा सिकेको सिकाइ नै हो । विद्यालय र विद्यार्थीका लागि चुनौती भनेको समय हो ।

गाउँघर भएकाले सद्यैँ समय हुँदैन घर गोठको काम त हुन्छनै तैपनि सार्वजानिक विदाको दिनहरुमा भने क्रिकेट सिक्ने समय निकाल्ने गरेका छन् । विद्यालयमा शिक्षण सिकाई अनुदान कोटाबाट दुई शिक्षक दरबन्दीले मावि चलाइरहेको त्यो पनि पूर्ण अंग्रेजी माध्यमबाट । विद्यालयमा २५० जना विद्यार्थी र २० जना शिक्षक/कर्मचारी छन् ।

विद्यालयमा एक दुई जना त करिब साढे दुई घण्टाको यात्रा गरेरै पढ्न आउछन् । ग्रामीण क्षेत्रको विद्यालयमा समेत क्रिकेट सिकाउनु सामान्य कुरा होइन् तर, महिलालाई बढी अवसर भएका कारण उनले महिला क्रिकेट अघि बढाए । ‘महिला क्रिकेटमा अवसर धेरै भएको तर, सद्यैँ ओझेलमा परेको छ । अहिले विद्यालयमा सिकेका खेलाडीले जिल्लाबाट खेल्ने अवसर पाए भोलि त राम्रो हुँदै गयो भने भोलिका दिनमा प्रदेश हुँदै राष्ट्रिय टिमबाट खेल्ने ढोका समेत खुल्ला हुन्छ’ उनले भने ।

सामुदायिक विद्यालयले पनि चाह्यो भने गर्न सक्छ भन्ने उदाहरण बनेको छ सरस्वती मावि । गतवर्ष स्याङ्जामा भएको उपमेयर रनिङशिल्ड कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको थियो । त्यसपछि प्रधानमन्त्री कप खेल्यो । प्रतियोगिता खेल्न प्रधानाध्यापकले आफ्नै खल्तिको पैसा हालेरै लागे गरेका छन् । अब टिमले असोजमा हुने भनिएको प्रधानमन्त्री कपको तयारी थाल्दैछ ।

उनी भन्छन्, ‘विद्यालय आर्थिक रुपमा सम्पन्न पनि छैन् । सामान किन्नका लागि पनि धेरै अभाव छ त्यसका लागि गोजीको पैसा हाल्नेदेखी सहयोगीहरु खोज्नुपर्छ । हामीलाई त विद्यालयबाट सहभागिता गराउनै पनि मुस्किल छ ।’
जिल्ला टिमकी कप्तान कृषा अखेलीले विद्यालयमै क्रिकेट खेल्ने वातावरण भएपछि खेल्न सुरु गरेको सुनाइन् । प्रदेस्तरीय प्रतियोगिताबाट आफुहरुले धेरै कुरा सिकेको र स्रोत साधन भएमा आगामी दिनमा थप उत्कृष्ट प्रदर्शनी गर्न सक्ने उनी सुनाउँछिन् ।

एक खेलाडी विहादी गाउँपालिका रानीपानीकी छिन त्यो बाहेक टिममा सबै पातीचौरका छन् । ‘सरले भन्नुभएको थियो । टिम बनाउने भनेर रंगशालामा एकपल्ट म्याच भएको थियो त्यति बेला लिएर आउनुभयो त्यहिबाट क्रिकेट खेल्न सुरु गरियो’ अखेलीले भनिन् । उनी स्पिनर हुन् । क्रिकेटमा रमाएकी उनले बलियो टिमसँग खेल्दा हार व्यहोरेको पर्वतले दुःख मानेन बरु स्याङ्जा, कास्की लगायत बलियो टिमसँग धेरै कुरा सिक्ने मौका पाए र सिके पनि । ‘सुरुमा त निकै डर लागेको थियो तर, खेल्दै जाँदा केहि सहज भयो । घरबाट क्रिकेट खेल्न रोक छैन् ।

प्रशिक्षण र प्रतियोगिता हुँदा परिवारले समेत साथ दिनुभएको छ ।’ विद्यालयमा खेल्ने मैदान निकै सानो भएको उनी सुनाउछिन् । उनीहरु जिल्लामा क्रिकेट मैदान भएको हेर्न चाहान्छन् । जहाँ मैदानमात्र होइन आवश्यक खेलकुदको सामग्री होस् भन्ने सबै खेलाडीको चाह छ ।

सम्बन्धित समाचार

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन
प्रमुख समाचार

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु
प्रमुख समाचार

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी
प्रमुख समाचार

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ
प्रमुख समाचार

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक
प्रमुख समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
प्रमुख समाचार

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

चर्चित खबरहरु

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

जीवन बचाउने महाअभियान: पोखरामा अन्तर्राष्ट्रिय वी लभ यूद्वारा रक्तदान, ६३ हजार एमएल रगत सङ्कलन

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल :  आजको सन्दर्भ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : आजको सन्दर्भ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि फेरि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार सुरु