पोखरा । पोखरा ९ पृथ्वीचोक, मुस्ताङ चोक लगायतका ठाउँमा सर्वसाधरण महिला तथा पुरुषहरु र अन्यत्र स्थानबाट आएका पर्यटकहरुलाई विभिन्न वहानामा दुख दिने ९ जनालाइ जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

पोखरा ९ बस्ने रुपेन्द्र श्रेष्ठ, मोहन आचार्य, नारायण अधिकारी, श्याम प्रसाद शर्मा, विकास कुंवर, बिमल ठकुरी, विकास श्रेष्ठ, पोखरा १३ बस्ने रन्जन खड्का र पोखरा १७ बस्ने सविन नेपालीलाइ प्रहरीले पक्राउ गरेको हो । पर्यटकलाइ जबरजस्ती सवारी साधनबाट ओरल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भनी झोलाहरु तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दुस्ख हैरानी दिएको आरोपमा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी निरिक्षक सुर्य बहादुर रानाले जानकारी दिए ।
अभद्र व्यवहार गरेको आरोपमा सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा दिन पाँच म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-