पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । उनले नेपाली काँग्रेस, नेपाल समाजवादी पार्टी, राप्रपा र स्वतन्त्र संसद राजिव गुरुङले विश्वासकोे मत दिएका हुन ।
माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले मुख्यमन्त्री पाण्डेलाई मत दिएका हुन् । देवकोटा पक्षमा मत हाल्न गएपछि एमाले सांसदहरूले नाराबाजी गरेका थिए । फ्लोर क्रस गर्नु संसदीय विकृति भएको भन्दै एमाले सांसदहरूले नाराबाजी गरेका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-