कास्की । पोखरा महानगरपालिका १३ कसेरीबाट अवैध लागूऔषध गाँजा ३ सय ७५ ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पोखरा महागनगरपालिका १३ संगम टोल बस्ने ३० वर्षीय सागर परियार र सोही महानगरपालिका १३ चापापानी बस्ने १९ वर्षीय विशाल नेपाली रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-