नेकपा माओवादी केन्द्र पोखरा महानगरपालिका २९ को अध्यक्षमा रामजी पौडेल चयन भएका छन् ।
उपाध्यक्षमा मंगल सुनार सचिवमा सुर्य प्रसाद अधिकारी, सह सचिवमा बुद्धि प्रसाद पौडेल र कोषाध्यक्षमा जमानसिंह सुनार चयन भएको भएका छन् । दोस्रो अधिवेशनले अन्य सदस्य सहितको ४५ जनाको कमिटि शनिबार बनेको हो ।
माओवादी केन्द्रा केन्द्रिय सदस्य दिपक कोइरलाले माओवादीको जनयुद्धले जनतामा सकरात्म प्रभाव पारेको बताए । उनले माओवादीले दलित महिला र पिडितको आवाज बुलन्द्ध पारेको बताए ।
कार्याक्रममा नेपाली काँग्रेस कार्याबहाक सभापती चिनबहादुर गुरुङ, लेखनाथ उद्योग वाणिन्य संघका उप महासचिव भरत ओझा, पोखरा महानगर माओवादी केन्द्र सचिव जनकराज पराजुली, सबै आमा समूहको तर्र्फबाट लक्ष्मी आचार्य लगायतले कार्याक्रममा भनाइ राखेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-