पोखरा २७ ज्यामिरकुनामा रहेको लक्ष्मी आदर्श मावि भुपु विद्यार्थी एसोसिएसनको अध्यक्षमा मदन मुरारी शर्माको अध्यक्षतामा ११ सदस्यीय समिति चयन भएको छ ।
निर्वाचित कार्यसमितिको उपाध्यक्षमा मन्त्रीलाल उलक, सचिव कृष्णप्रसाद वास्तोला, सहसचिव ओमकार पाण्डे, कोषाध्यक्ष कुसलवावु लामिछाने, सदस्यहरुमा धिरज थापा, कविता भुषाल,विजय सापकोटा, उत्तम प्रकाश वराल, मञ्जु भण्डारी, सुनिता लामिछाने चयन भएका छन् ।
अधिवेशनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र मणि लामिछाने, पोखरा महानगरपालिका २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष वामदेव शर्मा जमर्कट्टेल, विद्यालयका प्रधानाध्यापक शिवमणी भण्डारी लगाएतले कार्याक्रममा भनाइ राखेका थिए ।

एसोसिएसनका अध्यक्ष खडानन्द लामपछानेको अध्यक्षतामा कार्याक्रम संचालन भएको थियो भने कार्याक्रम संचालन सचिव गुमनाथ लामिछानेले गरेका थिए । लक्ष्मी आदर्श मावि भुपु विद्यार्थी एसोसिएसन २०५१ सालमा स्थापना भएकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस्:-