पोखराको एक विद्यालयमा अध्ययनरत एक बालकलाई बाल याैन दुर्ववहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पोखरा ९ पृथ्वीचोकमा बस्ने शम्भुपरियारलाई नाबालिगमाथि यौन दुव्र्यवहार गरेको आरोपमा बैदाम प्रहरीले नियन्त्रणमा लिएको हो । वडा प्रहरी कार्यांलय बैदामका प्रमुख राजेन्द्र श्रेष्ठका अनुसार परिवारले यौन दुव्र्यवहार भएको भन्दै सूचना सम्भुलाई पक्राउ गरेको जानकारी दिए ।
‘एक जना अनुसन्धानका लागि नियन्त्रणमा छ । हामीलाई सूचना आयो त्यसपछि हामीले नियन्त्रणमा लिएका हौं’ डिएसपीले भने, ‘यौनदुव्र्यवहार भन्ने छ । बाकीँ अनुसन्धानपछि आउला ।’ परिवारले फोनमार्फत सूचना दिएका थिए । उद्यपी उजुरी अहिलेसम्म परेको छैन । शुक्रबार जाहेरी दिएमा थप अनुुसन्धान प्रक्रिया अघि बढ्नेछ ।
२० वर्षिय शम्भु चैतमा उक्त विद्यालयमा काम गर्न पुगेका थिए । सोही क्रममा उनी बालकको नजिक भएका थिए विद्यालयका प्रिन्सिपलका अनुसार शम्भु काम गर्न आएका हुन् सोही क्रममा बालकको परिवार संग भेटघाट भएको र घरसम्मै पुगेको उनले बताए । ‘यहाँ कम्पाउन्ड लगाउने काम थियो ।
चैतमा काम भएको हो त्यहि बेला बोलचाल भएको रहेछ परिवारले पछि उजुरी दिएको हो हामीले ठेकेदारलाई स्कुलमा बोलायौं प्रहरीले लगेको छ’ विद्यालयका प्रधानध्यापकले भने, ‘नक्कुल भन्ने पेटी ठेकेदारले ल्याएका हुन् । उनलाइ विद्यालयमा आज बोलायौं त्यहि केटासँग अनि प्रहरीले नियन्त्रणमा लिएको हो ।’
प्रतिक्रिया लेख्नुहोस्:-