नेपाल कम्युनिस्ट पार्टि माआेवादी केन्द्र पाेखरा ३२ काे तेस्रो अधिवेशनले अध्यक्षमा यज्ञ प्रसाद अधिकारीलाई चयन गरेको छ ।
उपाध्यक्षमा विष्णुराज अधिकारी, महिला उपाध्यक्षमा मनमाया लामा, सचिवमा रुपेश परियार, सह सचिवमा सुबास अधिकारी चयन भएका छन् ।
सदस्य अमृत सापकोटा, ढक बहादुर कामी, शिव चन्द्र तिवारी, नारायण प्रसाद वाग्ले सहित ४५ जना चयन भएका छन् ।

सल्लाहकारमा घननाथ अधिकारी, जगत परियार, गणेश बाँनिया, राजन गुरुङ र बद्री धमला चयन भए ।
नयाँ समितिलाई बधाई दिदै नेकपा माआेवादी केन्द्रका केन्द्रीय सदस्य दिपक काेईरलाले आजभन्दा १५/२० वर्ष अघि समाजमा दलित र महिलाले स्वतन्त्र भएर हिड्ने पाउने अवस्था नरहेको र माअनेवादीले समाजमा सकरात्मक परिवर्तन गरेकाे बताए ।
व्यवस्था मात्र नभएर महिला र दलितको अवस्था पनि परिवर्तन भएको बताए । अहिले गाउँ गाउँमा बाटो, घर घरमा धारा, शिक्षामा बिकास गर्न सहयोग गरेको । कार्यक्रम पाेखरा ३२ का ईन्चार्ज अर्जुन मल्ल, पाेखरा ३२ का अध्यक्ष यज्ञप्रसाद अधिकारी लगायतले कार्यक्रममा भनाइ राखेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-