काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका–६ इचौलमा गोली चलेको छ । प्रहरीका अनुसार लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो ।
उक्त गोली प्रहारबाट लागुऔषध कारोबारमा संलग्न श्यामसुन्दर खान मण्डल घाइते भएको बताइएको छ । मण्डलसँगै रहेका श्यामसुन्दर निरौलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-