पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । मंगलबार प्रभातफेरी सहित पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो ।
![](https://i0.wp.com/gandakipress.com/wp-content/uploads/2021/10/MAHANAGAR-FINAL.gif?fit=1671%2C186&ssl=1)
स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्यले वडाबाट नै पूर्ण खोपको सुनिश्चितता र दिगोपनाको घोषणा हुनुले राज्यका सबै सम्बन्धित निकायहरुलाई झक्झकाउने वताउँदै अन्य वडाहरु र पुरै देशमा यो सन्देश पुग्ने विश्वास व्यक्त गरेका थिए ।
पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले चालु आव भित्रको १० महिनाको अवधिमा १६ देखि ५९ महिनाका सबै वालवालिकाहरुले १३ प्रकारका खोपका मात्रा पूर्ण रुपले लगाएको वताए । साथै उनले जनचेतना फैलियो भनेर पन्चे वाजा, भजन टोली सहितको प्रभातफेरीको कार्यक्रम पनि गरिएको वताए ।
घोषणा कार्यक्रम अगाडि वडाको आयोजनामा महिला स्वास्थ्य स्वयम्सेवकीहरु, जनप्रतिनिधिहरु, आमा समुह, टोलविकास संस्था, युवा क्लब लगायत वडामा सक्रिय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-