पोखरा । रुपाताल संरक्षण परियोजनाको अन्तरगतको ताल संरक्षण योजनाको काम स्थानियले रोकेका छन् ।

संरक्षण परियोजनाले अनावस्श्यक जग्गा रोक्का गरेको कारण आफुअरुले अनावस्यक दुख पाएको स्थानियको भनाइ छ । स्थानियले यस भन्दा अघि पटकपटक आफ्ना समस्या जिल्ला प्रशासन कार्यालय कास्की, रुपाताल संरक्षण परियोजना कार्यालय लगायतका कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए ।
तर माग सम्बोधनको कुनै आधार नभएको कारण परियोजना निर्माण कार्या रोक्न बाध्य भएका स्थानिय हरि अधिकारीले जानकारी दिए । आफ्ना मागहरु सम्बोधन नभएको कारण निर्माणकोे काम ठप्प पार्न बाध्य भएको बताए । जनताको माग सम्बोधन भएको खण्डमा मात्र काम गर्न दिने स्थानियको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका शाहायक जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले योजनाको विषयमा गुनासो आइरहेको बताए । उनले योजना विवादको विषयमा जानकारी आएमा समस्या समाधान गरेर अघि बढ्ने जानकारी दिए ।
रामसारमा सूचिकृत कास्कीको रुपाताल संरक्षणका लागि ५ सय ७२ मिटर लामो बाँध निर्माण गरिने योजना रहेको छ । हाल १०७ हेक्टरमा सीमित भएको रुपाताल सो जग्गा अधिग्रहण सम्पन्न भएसँगै १८३ हेक्टर क्षेत्रफलमा फैलिने जनाइएको छ ।
परियोजना अन्तर्गत सिस्टेनीघाट–सुवेदीटुँडामा ५ सय ७२ मिटर लम्बाई, जगमा १२ मिटर चौडाई, ६ मिटर उचाई र पानीको सतहभन्दा ४ मिटर माथिसम्म बाँध निर्माण गरिने छ । सोही बाँध निर्माणको काम भैरहेको समयमा स्थानियले अबरोध गरेका हुन । परियोजनाको चार अर्ब ५२ करोड लागत रहने अनुमान गरिएको छ ।
विसं २०३२ को नापीमा १३६ हेक्टर क्षेत्रफलमा फैलिएको ताल अहिले १०७ हेक्टरमा खुम्चिएको छ । बाँध बनेपछि १७४ दशमलव ४ हेक्टरमा फैलिनेछ । विसं २०६४ को केन्द्रीय नापी टोलीको तथ्याङ्कअनुसार रूपातालको ८०० रोपनी क्षेत्रफल अतिक्रमणमा परेको छ । त्यस्तै साविक लेखनाथ नगरपालिकाको पछिल्लो प्रतिवेदनमा रुपातालको कूल क्षेत्रफल १६३.९ हेक्टर रहेकोमा जलमग्न भाग १२१।७६ हेक्टर, खेती भएको ३३.४३, सीमसार क्षेत्र ८.७५ हेक्टर र गहिराइ औषत ४.८ मिटर छ ।
प्रतिक्रिया लेख्नुहोस्:-