लियो क्लब अफ चौतारी पोखरा को २५ औं वार्षिक साधारण सभा सम्मपन्न भएको छ ।
क्लबका पुर्वअध्यक्ष तथा प्रमुख क्लब सल्लाहकार लियो९लायन हरिहर पराजुली को प्रमुख आतिथ्यता मा सम्पन्न भएको उक्त कार्यक्रममा निबर्तमान अध्यक्ष लियो कुशल अर्याल लगायत सम्पूर्ण क्लबका सदस्य को उपस्थित रहेको थियो ।
अध्यक्षमा लियो सहन्शिल बराल, उपाध्यक्षमा लियो केनुका थापा र लियो साधना हमाल, सचिवमा लियो स्मृती पौडेल, कोषाध्यक्षमा लियो प्रमिसा पौडेल, सह९सचिव मा लियो बिबेक आचार्य निर्वाचित भएका छन् ।
सह कोषाध्यक्षमा लियो अनिशा पौडेल, जन सम्पर्क अधिकारिमा लियो आसीका रानाभाट, टेमर मा लियो इ. भागवन महत, सचेतकमा लियो सुजिता आचार्य, आईटी हेड लियो समित पौडेल खेल विकास अधिकृतमा लियो अनुपा पौडेल, अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृतमा लियो धनिराम शर्मा, संस्कृति संरक्षण अधिकृतमा लियो जमुना पौडेल, मिडिया समिति अधिकृतमा लियो पुरुषत्तम पराजुली, मुख्य समिति अधिकृतमा लियो इ. ज्ञानेन्द्र कंडेल र सदस्यमा लियो अर्जुन अधिकारी, लियो अस्विन पौडेल, लियो गरिमा पौडेल, लियो निकिता सुवेदी, लियो निश्चल भण्डारी, लियो निशा सुबेदी, लियो प्रदिप बास्तोला, लियो सज्जन ढुंगाना, लियो इ संजय थापा निर्वाचित भएका छन् ।
उक्त सभाका प्रमुख अतिथिले निर्वाचित हुनुभएका पदाधिकारि हरु लाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आफ्नो भनाइ राख्नु भएको थियो ।साथै उक्त क्लब का निवर्तमान अध्यक्ष ले निर्वाचित हुनुभएका पदाधिकारि हरु लाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आफ्नो भनाइ राख्नु भएको थियो ।
क्लबका नव निर्वाचित अध्यक्ष ले सबै मा धन्यवाद प्रधान गर्दै क्लव मा रहेका अधुरा काम आफ्नो कार्यकाल मा सम्पन्न गर्न अठोट गर्ने छु भन्दै आफ्नो भनाइ राख्नु भएको थियो ।





























प्रतिक्रिया लेख्नुहोस्:-