पोखरा २७ तालचोकमा रहेको सात ताल दोहोरी साझका संचालक सुनित बस्नेत पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं.३२ बडहरे स्थायी घर भई तालचोक बस्ने बस्नेतले दोहोरीमा आएका युवा तेज बहादुर गुरुङलाई कुटपिट गरेको जाहेरीको आधारामा पक्राउ गरिएको हो ।

सोमबार साझ बस्नेतलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता बसन्त कुमार शर्माले जानकारी दिए । ज्यानमार्ने उद्दगोगमा उनलाइ पक्राउ गरिएको छ । ८ दिनको लागी म्याद थप गरेर थप अनुसंधान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-