युवा क्लबको आयोजनमा ३२ पोखरा रुपातालको छेउमा छैटौं रुपा सिष्ठेनी मेला सम्पन्न भएको छ । २ गतेदेखि सुरु भएको मेला सम्पन्न भएको हो ।
मेलामा भएको खुल्ला जुनियर भलिबल प्रतियोगितामा सप्तरङ्गी युवा क्लब पहिलो भएको छ । रुपाताल युवा क्लबलाई २२-२५, १९-२५, २५-२३, २५-२३ र १५-७ सेटको अन्तर पार्दै बिजयी भएको हो । सप्तरङ्गीले सिल्ड मेडल सहित ६५ हजार हात पारेको छ । दोस्रो भएको रुपा युवा क्लबले ३५ हजार पाएको छ ।
उत्कृष्ट व्यवस्थापक रुपा युवा क्लब बिजय बस्नेत १ हजार मेडल जितेको छन् । सर्वउत्कृष सप्तङ्गी युववा क्लब खेलाडी बिजय भुजेल ५ हजार, उत्कृष्ट प्रशिक्षक सप्तरङ्गी बिनोद गुरुङ १ हजार मेडल, उत्कृष्ट डिफेन्स रुपा युवा क्लब अनम गुरुङ २ हजार, उत्कृष्ट स्पाकर युवा युवा क्लब हिमाल मगर २ हजार, उत्कृष्ट सेटर सप्तरङ्गीयुवा क्लब अशोक ठकुरी २ हजार र मेडल, अनुशासित टिम जनकल्याण युवा क्लब नगद ३ हजार सहित ट्रफि प्रमाणपत्र पाएका छन् ।
छेलो प्रतियोगितामा पहिलो सुदिन गरुङ ५ हजार नगद सहित प्रमाणपत्र र द्वितीय अरुन बिकले २ हजार ५ सय र प्रमाणपत्र जितेको छन् । रस्साकस्सी प्रतियोगिता पुरुष तर्फ रुपाताल पुर्नस्थापना केन्द्र तथा मस्य पालन सहकारी संस्था लिमिटेड केन्द्रले र महिला तर्फ छोरी बुहारी समूहले जनही ५/५ हजार जितेको छन् ।
झाकी प्रतियोगितामा पहिलो हुन सफल शान्त रुपा बराहाथोक तमु समाजले ५ हजार, दोस्रो हुन सफल समाज कल्याण नेवा खलकले ३ हजार , तेस्रो हुन सफल उन्नतिशील आमा समूह २ हजार र सान्त्वना हुन सफल रुपाताल पुर्नस्थापना केन्द्रले १ हजार जितेको छन् ।



























प्रतिक्रिया लेख्नुहोस्:-