लमजुङ । राष्ट्रिय विभूति सरदार भक्ति थापाको २ सय ९ औँ स्मृति दिवस भब्यताका साथ मनाउने तयारी गरिएको छ ।

भक्ति थापाको जन्मस्थल मर्स्याङदी गाउँपालिका ३ ढंगैबेंसीमा बैशाख ६ गते विविध कार्यक्रमका साथ स्मृति दिवस मनाउने तयारी गरिएको हो ।
भक्ति थापा जन्मस्थल संरक्षण, सम्बद्र्धन तथा विकास समितिले भक्ति थापाको स्मृति दिवसको अबसरमा खुला आमा समूह नृत्य प्रतियोगिता, खुला महिला र पुरूष रसी तान्ने प्रतियोगिता र खुला पुरूष छेलो हान्ने प्रतियोगिता आयोजना गरेको छ।
खुला आमा समूह नृत्य प्रतियोगितामा प्रथम पुरस्कार १० हजार, द्वितीयलाई ७ हजार र तृतीयलाई ५ हजार राखिएको छ । प्रतियोगितामा सहभागी हुने टिमलाई १ हजार दिईने साँस्कृतिक उपसमितिको संयोजक अमृता पोखरेलले जानकारी दिईन् ।
यसैगरी खुला पुरूष रसी तान्ने प्रतियोगितामा प्रथमलाई ५ हजार र द्वितीयलाई ३ हजार, खुला महिला रसि तान्ने प्रतियोगितामा प्रथमलाई ४ हजार र द्वितीयलाई २ हजार पुरस्कार राखिएको छ । यस्तै खुला छेलो हान्ने प्रतियोगितामा प्रथमलाई ३ हजार र पगरी, द्वितीयलाई २ हजार र पगरी र तृतीयलाई १ हजार र पगरी पुरस्कारको ब्यवस्था गरिएको खेलकुँद सञ्चालन उपसमितिका संयोजक रवि थापाले जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्न विभिन्न ८ वटा उपसमिति गठन गरि तयारी गरिएको छ । तयारीका लागि साँस्कृतिक उपसमितिमा अमृता पोख्रेल, प्रचारप्रसारमा देवेन्द्र भण्डारी, अतिथि सत्कारमा मुना गुरूङ, मञ्च निर्माण तथा सरसफाइमा हेमबहादुर तामाङ, आर्थिकमा हिरादेवि गुरूङ, प्रतिवेदन लेखनमा प्रेमबहादुर बस्नेत, चन्दादाता सम्मानमा तीर्थबहादुर बस्नेत र खेलकुँद उपसमितिमा रवि थापा संयोजक रहेको समिति निर्माण गरि तयारी अघि बढाईएको छ ।
राष्ट्रिय विभूति सरदार भक्ति थापाको जन्मस्थल मर्स्याङदी(३ ढगैँबेसी र उहाँले गाईबस्तु चराएको र खेलेको हर्सिङडाँडाको प्रचारप्रसार र संरक्षणका लागि स्मृति दिवसमा विभिन्न कार्यक्रम आयोजना गरिएको भक्ति थापा जन्मस्थल संरक्षण, सम्बद्र्धन तथा विकास समितिका संयोजक प्रेम बहादुर बस्नेतले जानकारी दिए ।
सरदार भक्ति थापाको जन्मस्थल ढगैबेसीको संरक्षरण तथा प्रर्वद्धनको लागि भक्ति थापा पार्क निर्माणाधिन अवस्थामा रहेको छ भने गाउँपलिको वडा नं। ३ मा अवस्थित हर्सिङडाँडालाई उत्कृष्ट पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न गाउँपालिका लागिपरेको छ ।
भक्ति थापा पार्क र हर्सिङडाँडाको पर्यटकीय संरचनाहरूको विकासमा संघ र प्रदेश सरकारले यथोचित सहयोग गर्न नसकेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनले तीन वटै सरकारको सहयोग र अन्य सहयोगी दातासमेतलाई समेटेर यस क्षेत्रको विकासमा लागिपर्न सबैपक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।
प्रतिक्रिया लेख्नुहोस्:-