काठमाडौं । रौतहट, वृन्दावन नगरपालिका-१ रमौली बैरिया बस्ने हुलाश बैठाको छोरी १३ वर्षीया निरन्जना कुमारी बैठाको सोही ठाउँस्थित सामुदायिक पोखरीमा नुहाउने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।
कपिलवस्तु, वाणगंगा नगरपालिका-१० बनगवा वस्ने राजाराम थारुको छोरा २ वर्षीय बिवान्स थारुको पानी जम्मा भएको खाल्डोमा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । छिमेकीको घरको आँगनमा खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
रसुवा, नौकुण्ड गाउँपालिका-६ कपथली बस्ने १९ वर्षीय बिजय तितुङको सोही ठाउँस्थित फलाखु खोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।
नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१२ मालपुर बस्ने ५९ वर्षीय सिताराम महतोको सोही ठाउँस्थित कुलोको पानीमा डुबेर मंगलबार बिहान मृत्यु भएको छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-