लमजुङ सदरमुकाम बेसीशहरमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ । नवलपुरको गैडाकोट नगरपालिका–११ घर भएका अन्दाजी २८ बर्षिय नविन महतोको मृत्यु भएको हो ।

बेसीशहर ७ त्रिवेणी टोल स्थित श्रीधर घिमिरेको घरमा आफना मामा राजेन्द्र बस्नेतसँग डेरामा बस्दै आएका थिए । उनको सोमबार राती करिब १० बजेतिर ४ तले घरको छतबाट खस्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
महतोको शव पोस्टमार्टमका लागी लमजुङ अस्पताल लमजुङमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-