काठमाडौं । भारतमा भएको सवारी दुर्घटना सात नेपालीको मृत्यु भएको छ ।
उत्तराखण्ड राज्यको नैनीताल जिल्लास्थित बेतालघाट नजिक मंगलबार बिहान भएको दुर्घटनामा सात नेपालीसहित ८ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।
घटनामा दुई जना घाइते भएका छन् । ज्यान गुमाउने नेपालीमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज रहेका छन्। उनीहरु सबै कञ्चनपुरको महेन्द्रनगरका हुन् ।
गाडीमा नौ जना नेपाली सवार थिए । उनीहरु घर फर्किदैँ गर्दा दुर्घटना भएको हो । मृत्यु हुनेमा चालक राजेन्द्र कुमार बेतालघाटका हुन् । गाडी १५० फिट गहिरो खाडलमा खसेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-