निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ।
आयोगको बैठकले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको सहायक प्रवक्ता थानेश्वर भुसालले जनाएका छन्। आगामी वैशाख १५ गते प्रतिनिधि सभा सदस्यका लािग इलाम–२ र प्रदेश सभा सदस्यका लागि बझाङ १ ‘क’मा उपनिर्वाचन हुँदै छ।
त्यसका लागि सार्वजनिक गरिएको कार्यक्रमअनुसार, फागुन १६ गतेदेखि मतादाता मानवली अद्यावधिक शुरू गरिनेछ भने चैत २२ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिनेछ। त्यस्तै, फागुन २४ देखि ३० गतेसम्म दल दर्ता गरिनेछ।
त्यसपछि चैत २२ गते मुख्य निर्वाचन अधिकृत तोकिनेछ भने मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। चैत २४ गते उम्मेदवारी दर्ता गरिनेछ भने चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
चैत २८ गतेदेखि आगामी वैशाख १२ गतेसम्म प्रचारप्रसारको समय तोकिएको छ। वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाता हुनेछ।
प्रतिक्रिया लेख्नुहोस्:-