२०८३ असार २२, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सफल पोखरा म्याराथन ः भुपु मञ्च र पर्यटन व्यवसायी बिच अन्तरक्रिया सम्पन्न

पोखरा म्याराथनले पोखराको सन्देश दिनुपर्छ ः प्रदिप पौडेल

गण्डकी प्रेस
माघ १८, २०८० १९:४८ मा प्रकाशित
खेलकुद, समाचार, समाज
सफल पोखरा म्याराथन ः भुपु मञ्च र पर्यटन व्यवसायी बिच अन्तरक्रिया सम्पन्न
15
SHARES
Share on FacebookShare on Twitter

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारीका लागि पर्यटन व्यवसायीहरुसँग अन्तरक्रियासँगै सुझाव संकलन गर्ने काम भएको छ ।

मञ्चको आयोजनामा फागुन पाँच गते पोखरामा आयोजना हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सो क्रममा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले म्याराथनलाई पर्यटकीय क्षेत्र लेकसाइडमा समापन गर्ने योजनाको स्वागत गर्दै आभार व्यक्त गरे । पोखरा पर्यटनका लागि मात्र नभई खेलकुदका लागि समेत उत्कृष्ट स्थलरहेकाले अबको यात्रा खेल पर्यटनको रहेको सुनाए ।

‘यति ठूलो प्रतियोगिताको समापन हल्लनचोकको क्याम्पिङ चोकमा समापन गर्न लाग्नु भएको छ यसमा हामी पर्यटन व्यवसायी आभार व्यक्त गर्दर्छौ । यो इभेन्टले पोखरालाई विश्वभर चिनाउन महत्वपुर्ण भूमिका खेलेको छ’ उनले भने, ‘हामी पर्यटन व्यवसायी वा यस व्यवसायीसँग आबद्ध संघ संस्थामात्र होइन यहाँ आबद्ध नभएका संघ संस्थालाई समेत जोड्ने प्रतिबद्धता व्यक्त गर्दछौ ।’ म्याराथनलाई सफल बनाउन आर्थिक, भौतिक रुपमा सहयोग गर्न तयार रहेको उनले सुनाए ।

परिषदका पुर्व अध्यक्ष चिरञ्जीवी पोखरेलले म्याराथनको रुटले पर्यटकलाई थप आकर्षित गर्ने बताए । म्याराथन खेलमात्र नभई पोखराको पर्यटनलाई ब्रान्डिङ गर्ने सुनौलो अवसर रहेको उनको भनाई थियो । आफुहरुलाई आयोजकले आवश्यक सहयोग मागेर केहि काम दिए त्यो पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

होटल संघका पुर्व अध्यक्ष भरतराज पराजुलीले म्याराथनका लागि संस्थागत मात्रै नभई व्यक्तिगत सहयोग गर्ने बताए । उनले पर्यटनको लागि अफ सिजनको समयमा भएको म्याराथनले पोखराको पर्यटन व्यवसायलाई ठूलो सहयोग पुग्ने सुनाए ।

पोखरा उद्योग वाणिज्य संघका पर्यटन संयोजक राम कडेलले अबको पर्यटन खेल पर्यटन रहेकाले पर्यटन व्यवसायीहरुले खेलकुदलाई समेत सहयोग गर्नुपर्ने सुनाए । पोखरा पर्यटन परिषदका दितीय उपाध्यक्ष तारानाथ पहारीले म्याराथनलाई कसरी सफल बनाउने भन्नेतर्फ आफुहरु रहेको सुनाए ।

मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले पोखरामा खेलकुदको गतिविधि भइरहँदा पर्यटनलाई समेत ठूलो टेवा पुग्ने बताउँदै म्याराथनलाई पर्यटनसँग जोड्दै नयाँ रुटमा दौड हुने बताए । म्याराथनमा विभिन्न राष्ट्रका धावकहरुको उपस्थिति रहने भएकाले पर्यटन क्षेत्रलाई समेटेर अघि बढ्ने लक्ष्यका साथ अघि बढेको उनले सुनाए । यस्तै मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङले मञ्चको स्थापना, उदेश्य र म्याराथनको बारेमा प्रस्तुति दिएका थिए । गुरुङले नेपालमा धेरै म्याराथन नीजि संस्थाले गर्दै आएपनि पोखरा म्याराथन सामाजिक संस्थाले गरेका कारण यसको महत्व अझ बढी रहेको बताए । मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले एथलेटिक्स खेलहरुको मेरुदण्ड रहेको र एथलेटिक्सकै म्याराथन हरेक सहरमा सिटी म्याराथनको अवधारणा अनुरुप अघि बढेकाले आफुहरुले पनि म्याराथनको आयोजना गरेको बताए ।

पोखरा म्याराथनले पोखराको सन्देश दिनुपर्छ ः प्रदिप पौडेल

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनीधि सभा सदस्य प्रदिप पौडेलले सफल पोखरा म्याराथन पोखराको सन्देश दिने पक्षमा रहनुपर्ने बताए । उनले पोखराको मुद्धालाई म्याराथनमार्फत सन्देश दिन उनले आग्रह गरे । २०५८ सालदेखि सुरु भएको म्याराथन आजपनी सोही अनुरुप चल्न नहुने र यसको सन्देशले विश्वलाई नै आकर्षित हुने किसिमको हुनुपर्नेमा जोड दिए । ‘यो पोखरा म्याराथन वास्तवमै उत्कृष्ट म्याराथन हो । यो म्याराथन आयोजनाका लागि मात्रै नहोस् । पोखरा म्याराथनले पोखराको मुद्धाहरुलाई लिएर सन्देशदिने किसिमको होस्’ उनले भने, ‘पोखरामा अन्तर्राष्टिय विमानस्थल बनेको छ । यहाँ अन्तर्राष्ट्रिय उडान हुन आवश्यक छ यो मुद्धा पनि उठाओस् यतिमात्र होइन पोखराले के चाहेको छ भन्ने कुरा हो । यहाँ ए क्याप छ, अन्नपूर्ण छ यहाँ पर्यटन भुल्ने क्षेत्र भनि साध्य छैन् त्यो कुरा आउनुप¥यो ।’ पोखराको मुद्धालाई म्याराथनमा समावेश गरे त्यसलाई सदनमा लैजाने जिम्मेवारी आफ्नो भएको उनले सुनाए ।

देशको आर्थिक विकासको आधार पर्यटन भएको र पोखरा त्यसको मुख्य कारक भएकाले यहाँ सैद्धान्तिक कुरा गरेर नभई यहाँको सम्पदाहरुको संरक्षणमा समेत विशेष जोड दिनुपर्ने उनको भनाई थियो ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद  

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

म्याग्दीमा सातादिन नपुग्दै फेरी अर्की बालिका बलात्कृत

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक