पोखराका क्रियाशील पत्रकार एवं गोरखापत्र दैनिकका संवाददाता फडिन्द्र अधिकारी माथी दुव्र्यवहार भएको छ । बुधबार पोखरा सभागृहमा समाचार संकलनको क्रममा क्रियटिभ ब्रोर्डकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले राजनिती पावर देखाउदै दुव्र्यवहार गरेका हुन ।
पोखरा सभागृहमा भएको एक कार्यक्रममा समाचार संकलन प्रयोजनका लागि केही जिज्ञासा राख्ने क्रममा कार्यक्रम आयोजक समेत रहेका क्रियटिभ ब्रोर्डकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको पत्रकार अधिकारीले बताएका छन् ।
पूर्व राष्ट्रपति पूर्व मुख्यमन्त्री, मेयर आफ्नो साथमा रहेको भन्दै अप शब्द बोल्दै पत्रकारलाइ थकाएर कार्यक्रम स्थलबाट बाहिर निकालेका थिए । उक्त घटनाप्रति पत्रकार महासंघ गण्डकीले दुव्र्यवहारको निन्दा गरेका छ ।
क्रियटिभ ब्रोर्डकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले मिडिया सम्बधी विभिन्न तालिम संचालन गर्दै आएका थिए । उक्त तालिममा सहभागी महिलाले आफुहरु प्रतिकबाट पटक पटक हिंसामा पर्दै आएको गम्भीर आराेप पनि उनी माथी छ । यस घटनाकाे पनि छानबीन हुनुपर्ने तालिममा सहभागी बताउछन् ।































प्रतिक्रिया लेख्नुहोस्:-