हरियो खर्क अस्पताल पोखराद्वारा सञ्चालित सुनिता परियोजनाको आयोजनामा लमजुङ अस्पतालमा प्रशामक सेवा सम्बन्धमा दुई दिने तालिम सम्पन्न गरेको छ । लमजुङ अस्पताल र सुनिता परियोजना वीच प्रशामक सेवा सम्बन्धमा सम्झौता भए अनुसार उक्त दुई दिने तालिम दिइएको हो ।
सो दुई दिने तालिमपछि समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले यो तालिम पूर्ण नहोला तर क्षमता बृद्धि गर्ने कुरामा तपाईहरूले महत्वपूर्ण अबसर पाउनु भएको बताउनु भयो । सधैँ केही गर्छु भन्ने उत्सुकता जाग्यो भने जस्तोसुकै काम पूरा गर्न सकिने हुँदा यो तालिम पनि तपाई डाक्टर र अन्य स्वास्थ्यकर्मीका लागि उत्सुकता जगाउने कार्यक्रम भएको मैले महसुस गरेको छु कार्यक्रममा प्रमुख अतिथि पौडेलले बताउनु भयो ।
दीर्घ रोगी, मानसिक, सामाजिक तथा आध्यामिक तबरले रोगको संक्रामक व्यक्तिका लागि सहज र सुरक्षित उपचारका लागि प्रशामक९प्यालेटिभ केयर० सेवा दिइने परियोजना प्रमुख विष्णु गिरीले बताउनु भयो । यो परियोजनाले लमजुङका तीन वटा बेसीशहर, सुन्दरबजार, राइनास नगरपालिका र रुकुमको चौरजहारी नगरपालिकामा प्रशामक सेवाका विषयमा विस्तृत अध्ययन गरिएको छ । हिमाल, पहाड र तराई गरेर देशभरका १५ वटा जिल्लामा यो कार्यक्रम लागू भएको बताइएको छ । साथै विश्वभर ५ करोड ६० लाख मानिसलाई प्रशामक सेवाको आवश्यकता पर्ने तथ्याङ्क पेश गरिएको छ । तालिममा लमजुङ अस्पतालका डाक्टर, स्टाफ नर्स र अहेब लगायत २५ जनाको सहभागिता रहेको थियो । तालिममा सहभागीलाई कार्यक्रमका प्रमुख अतिथि पौडेलले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा हरियोखर्क अस्पतालका डाक्टर ड्यानिस, डा अमृता श्रेष्ठले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा लमजुङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङको अध्यक्षतामा भएको थियो भने । समितिका सदस्य वासुदेव थापा, डा अञ्जु गुरुङ, नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष अनुज अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८






























प्रतिक्रिया लेख्नुहोस्:-