२०८३ असार २४, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गुरु लामा घ्याछो रिम्पोछे अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त

गण्डकी प्रेस
अशोज ११, २०८० १३:२५ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
गुरु लामा घ्याछो रिम्पोछे अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त
8
SHARES
Share on FacebookShare on Twitter

ग

काठमाडौं : ‘बुद्धिष्ट वर्ल्ड पिस फाउन्डेसन’ का अध्यक्ष गुरु लामा घ्याछो रिम्पोछे मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय समरसता मञ्चको सल्लाहकारमा नियुक्त भएका छन । यस संस्थामा जोडिएसँगै रिम्पोछे २२ देशको सल्लाहकार सदस्यमा समेत नियुक्त भएका छन । भारतको नयाँ दिल्लीमा केन्द्रीय कार्यलय रहेको अन्तर्राष्ट्रिय समरसता मञ्चले नेपालका तर्फबाट रिम्पोछेलाई सल्लाहकारमा नियुक्ति गरेको हो ।

अन्तर्राष्ट्रिय समरसता मञ्चले आउँदो डिसेम्बर २८ देखि ३१ सम्म काठमाडौंमा हुने ‘जी २२ समरसता सांस्कृतिक समन्वय सम्मेलन’ एवं ‘जी २२ समरसता अवार्ड’ कार्यक्रम भव्य रुपमा गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय समरसता मञ्चमा नेपाल, भारत, भुटान, अफगानिस्तान, अल्जेरिया, एंगोला, अष्ट्रिया,कोरिया,फिन्ल्यान्ड, फिनिस, जर्मन,इराक,इजरायल,मैकडोनिया,मोरस्को,नेदरल्यान्ड,नाइजेरिया,नार्वेजियन,रोमानिया,रायल,डेनिश,तुनिसिया देशका विशिष्ट व्यक्तिहरु सम्मिलित रहेका छन् र यस सम्मेलनमा यी देशका विशिष्टि व्यक्तिहरुको उपस्थीति रहने गुरु लामा घ्याछो रिम्पोछेले बताएका छन् ।

सिद्धार्थ भगवान बुद्धले दिएको विश्व सर्व धर्म सदभाव कायम गरि विश्वलाई हिंसाबाट अहिंसाको मार्गदर्शनको लक्ष्य चाहना अनुरुप उनी बुद्धिष्ट वर्ल्ड पिस फाउन्डेसनमा जोडिएका हुन् । हाल उनी विश्व हिन्दु राष्ट्रिय महासंघको प्रमुख सल्लाहकार तथा अन्तर्राष्ट्रिय सल्लाहकार सदस्य,भिजन न्युज नेपाल अनलाइन पत्रिकाको प्रमुख सल्लाहकार, अन्तर्राष्ट्रिय ओमकार समन्वय समितिको संयोजक, बुद्धिष्ट वर्ल्ड पिस फाउन्डेसनको अध्यक्षको रुपमा कार्यरत उनलाई भरखरै मात्र अन्तर्राष्ट्रिय समरसता मञ्चले २२ वटा राष्ट्रको सल्लाहकारमा नियुक्त गरेको हो । अन्तर्राष्ट्रिय समरसता मञ्चले आयोजना गर्ने ‘जी २२ समरसता सांस्कृतिक समन्वय सम्मेलन’ एवं समरसता अवार्ड कार्यक्रमको मूख्य जिम्मेबारी दिएको छ ।

विश्वमा रहेका विभिन्न धर्महरुलाई समान रुपमा हेरेर नेपाललाई विश्वभर चिनाउने लक्ष्य बोकेर हिँडेका रिम्पोच्छे अध्यक्ष रहेको बुद्धिष्ट वर्ल्ड पिस फाउन्डेसनले विश्व धर्म संरक्षण महाअभियान र विश्व वातावरण संरक्षण महाअभियान सञ्चालन गरेको छ । विश्वमा रहेको ओमकार, हिन्दु, बौद्धलगायतका सम्पूर्ण धर्मलाई जोडेर यो अभियान चलाइएको उनी बताउछन् । देशका विभिन्न ठाउँमा रहेका व्यक्तिहरुको एक छाक खान पाउने अधिकारलाई सुनिश्चित गर्दै गरिब, दुखी, असाहृय बालबालिकाहरुको हितमा यो संस्थाले सेवामुलक काम गर्ने गरेको छ । शिक्षा स्वास्थ्यबाट बन्चीत भएका बालबालिकाहरुको अधिकारको लागि संस्कारसहितको शिक्षा दिने काम गर्दै आइरहेको छ ।

यस संस्थाले ललितपुरको इमाडोल महालक्ष्मीस्थानमा रहेको चिल्ड्रेन गार्डेन स्कुलमा २५ जना बालबालिकालाई निशुल्क ज्ञानमुलक शिक्षा दिइरहेको छ । खान नपाएका व्यक्तिहरुलाई विभिन्न मन्दिरमा खानाको व्यवस्था गर्ने गरेको छ । यस संस्थाले भगवान बुद्धले देखाएको सत मार्गमा हिँडेर विश्वभर शान्ति फैलाउने गरेको छ । बुद्धको मार्गअनुसार जनचेतना फैलाएर सबैलाई धर्मको महत्त्व बुझाउने काम यस संस्थाले गर्दै आएको छ ।

समान शिक्षा लिने अधिकार भएर पनि आर्थिक अभावका कारण बिचैमा पढाइ छोडेका बालबालिकाहरुको लागि रोजगारीसहितको शिक्षा प्रदान गर्ने संस्थाको लक्ष्य रहेको छ ।

बुद्धिष्ट फाउन्डेसनले विश्वविद्यालय खोलेर भगवान बुद्धको शिक्षालाई विश्वभर फैलाउने यो संस्थाको एक मात्र उदेश्य रहेको छ । पशुपंक्षी जीवजनावरको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्दै प्रकृतिको संरक्षण गर्ने काम यस संस्थाले गरेको छ ।

नेपाललाई विश्वभर चिनाउनको लागि नेपालमा रहेका कला,सभ्यता,संस्कार, मठ–मन्दिरलगायत विभिन्न विश्व संम्पदा सूचीमा परेका हाम्रा सम्पत्तिलाई संरक्षण गर्ने गरेको छ ।

हामीले एउटा बिरुवा काट्दा अर्को ५वटा बिरुवा रोपेर प्रकृतिको संरक्षण गर्ने काममा पनि बुद्धिष्ट वर्ल्ड पिस फाउन्डेसन जुटेको छ । हिमाल रहे पहाड रहन्छ पहाड रहे मात्र तराई रहन्छ त्यसैले वातावरण जोगाउन वृक्षारोपण गर्नुपर्छ ।
शान्ति र अहिंसाको बाटो अपनाएर पनि मानिसहरुले युद्ध जित्न सक्छन्भनेर बुझाउने अनि विश्वभर बौद्ध धर्म ज्ञानको प्रचार–प्रसार गर्ने अभियान अबकोयोजनामा रहेको छ ।

मानिसको जीवनमा आइपर्ने बिपती तथा दैविक प्रकोपमा परेका विभिन्न जातजाति,धर्म ,समुदाय सामु यस सस्थाले भेदभाव रहित सामाजिक कार्य गर्ने गराउने गरेको छ । साथै योग–ध्यान गर्दा हामीलाई के के फाइदा हुन्छ, अहिंसा गर्न हुँदैन भन्ने जस्ता सबै कुराको बारेमा जानकारी यस संस्थाले दिने गरेको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद  

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

म्याग्दीमा सातादिन नपुग्दै फेरी अर्की बालिका बलात्कृत