नेपाल कम्युनिस्ट पार्टी माओवादीले जनताको संविधान पुनर्लेखन गर्नुपर्ने बताएको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै २०७३ संविधानमा जनताको कुनै चासो, भरोसा र विश्वास नरहेको प्रश्ष्ट भएको दावी गरेको छ ।
संसदीय व्यवस्था ३२ वर्ष हुँदा पनि संविधानमा समाजवादको प्रतिबद्ध लेखी समाजवादको भ्रम दिएर दलाल संसदीय व्यवस्थाको रक्षा गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संविधानले पुँजीवादी व्यवस्थाको प्रतिनिधित्व गरेको कारण पछिल्लो समयमा संविधान विरुद्धमा आक्रोश पैदा भएको, गाउँ गाउँमा सिंहदरबार भएको कारण जनताको संविधान लेख्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संविधानमा लेखिएको मौलिक अधिकार शिक्षा स्वास्थ्य, रोजगार जनताको पहुँच भन्दा टाढा रहेको सरकार सबै जनताको रगत पसिना लुट्न रहेको भन्दै अहिलेको संविधानको कुनै पनि अर्थ नरहेको बताए । चुनावी प्रक्रिया महँगो भएको, जनतामाथि झन् पिडा थुपारिएको संविधानमा उल्लेख गरिएको छ ।

























प्रतिक्रिया लेख्नुहोस्:-