गण्डकी प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले समाज पढेर काम गर्न सके काम र याेजना प्रभावकारी हुने बताएकी छन् ।
साहसी बालक कमल नेपाली अध्ययन प्रतिष्ठान आयाेजना डिल बहादुर नेपालीले लेखेको नमेटिने अनुहार पुस्तक विमाेचन समाराेहलाई सम्बाेधन गर्दै शास्त्र पढेर ब्याख्या गर्न भन्दा समाज पढेर ब्याख्या गर्दा राम्रो हुने धारणा राखिन ।
नमेटिएकाे अनुहार पुस्तकमा समाज पढ्ने प्रयास भैरहेको उनको धारणा छ । पुस्तकलाई निरन्तरता दिनुपर्ने हुन्छ । थालनी गर्न भन्दा निरन्तरता महत्त्वपूर्ण हुन्छ । सबै नेपाली आफ्नो व्यक्तित्व बन्न लाग्नुपर्ने ।
इतिहास बनाउन साहसिक हुनुपर्ने भन्दै उनले कमल नेपाली जस्ता युवा बिदेशीनुपरेकाेमा दुखेसो पाेखिन ।
आफुलाई मन्त्रालयमा काम गर्नकाे लागि समाजकाे सुझाव सल्लाह चाहिएको भन्दै मन्त्री हुँदा कुनैपनि हालतमा गलत काम नगर्ने बाचा गरिन ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य बहादुर खड्का राम्रो काम गरेमा ईतिहास बन्ने गरेको बताए ।
प्राज्ञ डिल कुमारी नेपाली, प्राज्ञ किशोर प्रसाद पाैडेल, सहसीक कमल नेपालीका भाइ अजय नेपाली लगायतले कार्यक्रममा भनाइ राखेका थिए ।






























प्रतिक्रिया लेख्नुहोस्:-